राजधानीका १० ठाउँमा आकाशेपुल निर्माण गरिने

aakashe-pool-skybridgeकाठमाडौँ, २३ वैशाख । काठमाडौं महानगरपालिकाले राजधानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ। व्यापारिक प्रयोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो।

सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन्। कामपा पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाका अनुसार करिब ५ करोड रुपियाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन्। कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगन्ज चोक र बबरमहाल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको विभागीय प्रमुख थापाले जानकारी दिनुभयो।

हाल भएका आकाशेपुल व्यापारिक प्रयोजनका लागि प्रयोग भएकोमा आलोचना खेप्दै आएको कामपाले अब बन्ने सबै पुल ट्रान्सपरेन्ट हुन लागेको जनाएको छ। हाल रत्नपार्कमा रहेको पुल ट्रान्सपरेन्ट हो। रत्नपार्ककै मोडलमा स्टिल प्रयोग गरी नयाँ पुल बनाउन लागेको हो।

कामपाले आगामी आर्थिक वर्षलगत्तै पुल निर्माण शुरू गर्नेछ। दिनहुँजसो ट्राफिक जामका कारण बटुवा हिँड्न समस्या भएको र दुर्घटना बढ्दै गएपछि कामपाले तत्काल आकाशेपुल बनाउने निर्णय गरेको हो। हाल आकाशेपुल निर्माण गर्न लागेको स्थान अति भीडभाड हुने ठाउँका रूपमा पहिचान गरिएको छ।

पहिलो चरणमा १० स्थानमा आकाशेपुल निर्माण गरेपछि अन्य स्थानमा निर्माण गर्ने विषयमा पुनः छलफल गरिने थापाले जानकारी दिनुभयो। ‘अहिले बाटो बिस्तार भइसकेको स्थानमा आकाशेपुल बनाउन लागेका हौं, पछि बाटो बिस्तार हुने स्थानमा अर्को चरणमा निर्माण गर्नेछौं।’ –उहाँले भन्नुभयो। हाल निर्माण गर्न लागिएका आकाशेपुल सडक विभागअन्तर्गतका सडकमा पर्छन्। बाटो बिस्तारका कारण कलंकीको आकाशेपुल भत्काइसकेको छ।

हाल राजधानीको जमल, भोटाहिटी, न्युरोडस्थित नेपाल वायु सेवा निगम अगाडि, शहीटगेट, रत्नपार्क, रणोद्दिप चोक, नयाँ बसपार्क र रत्नपार्कमा आकाशेपुल छन् र चीन सरकारको सहयोगमा बिस्तार भएको बाटोमध्ये बल्खुदेखि कोटेश्वरसम्म ५ स्थानमा आकाशेपुल रहेका छन्। सवारी चापसँगै अति व्यस्त सडकहरूमा बाटो काट्न अति समस्या भएको व्यापक गुनासो आउन थालेपछि कामपाले नयाँ स्थान पहिचान गरी आकाशेपुल निर्माण गर्न लागेको छ।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले ठूला सडकभित्र पर्ने सबै बडा अध्यक्षलाई आकाशेपुल बनाउने स्थान पहिचान गर्न निर्देशन दिएको जानकारी गराउँदै वडाले पहिचान गरेको स्थानहरूमा आकाशेपुल निर्माण गर्ने बताउनुभयो। वडाले सिफारिस गरेकोबाहेक असार महिनामा बजेट विनियोजना गरी साउन महिनादेखि १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो। ‘यो वर्ष १० वडाल बनाउनेछौं, त्यसपछि वडा कार्यालयको सिफारिसमा आवश्यकताको आधारमा अन्य स्थानमा बनाउने तयारी गरेका छौं।’ –उहाँले भन्नुभयो। नेपाल समाचारपत्रमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा