एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । शनिबार सम्पन्न एन्फाको १६ औं साधारणणसभाबाट शेर्पा अध्यक्ष चुनिएका हुन् । 

66335658831934385_1623856684346891_7145033419540398080_n

७६ भोट खसेकोमा शेर्पाले ६३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी मणि कुँवरले १२ मतमात्र ल्याएका छन् । 
एन्फाको ४ उपाध्यक्ष र ११ सदस्यमा पनि सबै शेर्पा समूहकै विजयी भएका छन् । उपाध्यक्षका लागि नौजना प्रतिस्पर्धी रहेकोमा पंकज नेम्वाङ ६१, वीरबहादुर खड्का ३९, कृष्ण थापा ५२ र उपेन्द्रमान सिंह ५८ मत ल्याएर निर्वाचित भएका छन् । 
त्यस्तै सदस्यका लागि २९ जना प्रतिस्पर्धी रहेकोमा दावा लामा, निरोध खत्री, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दिर्घ बहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भएका छन् । 

एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न भएको साधारणसभाको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए । निर्वाचनमा जिल्ला खेलकुद संघ, क्लब तथा समितिका गरी ७७ जना मतदाता रहेकोमा ७६ जनाले मतदान गरेका थिए । 

कञ्चनपुर फुटबल संघका अध्यक्ष तथा उपाध्यक्षका उमेदवार गणेश चन्दले भने मतदान गरेनन् । अध्यक्ष पदमा दुई, उपाध्यक्षका लागि नौ र सदस्यका निम्ति २९ जना निर्वाचनको मैदानमा होमिएका थिए । महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित भइसकेकी छन् । कोषाध्यक्ष र महासचिव भने निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । अध्यक्षका उमेदवार मणि कुँवरले भने निर्वाचन विधानसम्मत् नभएको भन्दै बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति