अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्य समिती निर्वाचन

अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्य समिती निर्वाचन आज हुँदैछ । राजधानीको सानेपास्थित एक होटलमा केहिबेर अघि निर्वाचन प्रक्रिया सुरु भएको एन्फाका प्रवक्ता संजिब मिश्रले जानकारी दिनुभयो ।

निर्वाचनले एन्फाको नयाँ नेतृत्व चयन गर्नेछ । एन्फा नेतृत्वका लागी कर्मा छिरिङ शेर्पा र मणि कुँबरले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । यद्यपी कुँबर प्यानलले हिजो पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रियामा भाग नलिने घोषणा गरेको छ।

कुँबरले नेतृत्वका लागि प्रक्रियागत हिसाबमा उम्मेदवारी दर्ता गराएको र उम्मेदवारी फिर्ता गर्ने समयभित्र पनि फिर्ता नलिएकाले उनको उम्मेदवारी कायमै रहेको निर्वाचन समितीले जनाएको छ ।

वैशाख १२ गते पाटन उच्च अदालतले अन्तरिम आदेश खारेज गरेसँगै एन्फा कार्य समितीका लागि आज निर्वाचनको बाटो खुलेको थियो । निर्वाचनबाट एक अध्यक्ष, चार उपाध्यक्ष, र १० सदस्सय चयन हुनेछन् । त्यसका लागि ४५ जिल्ला, २८ क्लब र चार संघ गरी ७७ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति