
संयुक्त राष्ट्रसंघ, २१ वैशाखः विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या शान्तिपूर्णरुपमा समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गर्नुभएको छ ।
द्वन्द्वका कारण अस्तव्यस्त रहेको यस देशको समस्या शान्तिपूर्णरुपमा समाधानका लागि सिरियाली शासकसँगको सहभागितामा वार्ता नै हुनुपर्ने विशेषदूत मा जाओसुले बताउनुभयो । उहाँले केही हप्तामात्र अघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सिरियालाई राजनीतिक प्रक्रियामा लैजानको लागि सबै पार्टीलाई आग्रह पनि गर्नुभएको थियो ।
हाल सिरियाको राजधानी दमासकसलगायत पूर्वी गुटा क्षेत्रमा सुरक्षास्थिति अत्यन्त नाजुक रहेकोतर्फ सबैको ध्यान पुग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा रुस र सिरियाले संयुक्तरुपमा गरेको हवाई कारबाहीको कारण नागरिक हताहत बढेको छ । केही समय रोकिएको उक्त क्षेत्रको आक्रमण अहिले पनि पुनः सुरु भएको जनाइएको छ ।
सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएपछि आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्सको पनि घुसपैठ हुन थालेको बताइन्छ । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ५०० हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने लाखौँ सिरियाली घाइते भएका छन् ।
त्यसैगरी सिरियाबाट ठूलो संख्याका नागरिक विस्थापित भएर शरणार्थीका रुपमा बाहिरिएका छन् । अहिले पनि त्यहाँ हिंसा जारी नै रहेकोले हिंसाको अन्त्यका लागि शान्तिपूर्ण मार्ग अवलम्बन गर्न सबैको आग्रह रहेको छ । तर पनि सिरियामा शान्तिका लागि संयुक्त राष्ट्रसंघले कैयौँ पटकसम्म वार्ताको आह्वान गरेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत