२१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ ।
कोलकाताको घरेलु मैदानमा इडन गार्डेनमा भएको यो खेलमा टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
१७८ रनको लक्ष्य पाएको कोलकाताले शुभमान गिल र दिनेश कार्तिकको उत्कृष्ट प्रदर्शनका कारण १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएर जित हासिल गर्यो ।
कोलकाताका लागि शुभमान गिलले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए । कप्तान दिनेश कार्तिकले १८ बलमा ७ चौका र एक छक्काको सहायतामा नटआउट ४५ रन बनाए । सुनिल नरेनले पनि २० बलमा ३२ रन योगदा गरे जसमा चार चौका र दुई छक्का सामेल थियो ।
बलिङतर्फ चेन्नाइका लागि हरभजन सिंह, रविन्द्र जडेजा, केएम आसिफ र लुंगी निग्दीले एक-एक विकेट लिए ।
सुरुआती व्याटिङ गरेको चेन्नाइका लागि कप्तान महेन्द्र सिंह धोनीले नटआउट ४३ रन बनाए । शेन वाटसनले ३६, सुरेश रैनाले ३१, फाफ डु प्लेसिसले २७, अम्बाती रायडुले २१ र रविन्द्र जडेजाले १२ रन बनाए ।
बलिङतर्फ कोलकाताका पियुस चावला र सुनिल नरेनले २-२ विकेट लिए । मात्र २० रन खर्चेका सुनिल प्लेयर अफ दि म्याच भए । कुलदिप यादवले एक विकेट लिए ।
यो हारसँगै चेन्नाइको टिम ९ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ । यसैगरी कोलकाता ९ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा