
जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । भ्रमणको तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
ओली र मोदीले सँगै पूजा गर्ने
मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी ओली जनकपुर आउने भएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गर्ने र सँगै जानकी मन्दिरमा पूजा गर्ने तयारी भइरहेको स्रोतले जनायो । उनीहरू ३० देखि ४५ मिनेट जानकी मन्दिरमा बस्ने बताइएको छ ।
पूजा सकेलगत्तै प्रधानमन्त्री ओली मन्दिरबाटै काठमाडौं फर्कने कार्यक्रम छ । तर, रक्षामन्त्री ईश्वर पोखरेल भने मोदीको भ्रमणभर जनकपुरमै रहने स्रोतको भनाइ छ ।
जानकी मन्दिरले दुवै प्रधानमन्त्रीलाई भव्य स्वागत गर्ने
भारतीय प्रधानमन्त्री मोदी र उनलाई स्वागत गर्न आउने प्रधानमन्त्री ओलीलाई जानकी मन्दिरले भव्य स्वागत गर्ने भएको छ । जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले दुवै देशका प्रधानमन्त्रीलाई भव्य स्वागत गर्ने तयारी गरिरहेको बताए । उनले भने, ‘दुई देशका प्रधानमन्त्री एकैसाथ जानकी मन्दिरमा आउनु ऐतिहासिक क्षण हो, त्यसलाई विशेष बनाउन हामी कुनै कसर बाँकी राख्दैनौँ ।’
मोदीसहित मञ्चमा चारजना मात्रै
मोदीले सम्बोधन गर्ने मञ्चमा चारजना मात्र राखिने भएको छ । मोदीसँगै प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह मञ्चमा बस्नेछन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा