गलत पोष्ट फेसबुकले अब आफैं हटाइदिने

फेसबुकमा पोस्ट हुने कस्तो प्रकारको सामग्रीलाई स्थायी रुपमा हटाइनेछ भन्नेबारे कम्पनीले नयाँ जानकारी सार्वजनिक गरेको सीएनएनले बताएको छ । पछिल्ला दिनहरुमा लगातार आलोचना सहेपछि कम्पनीले फेसबुकको नीति खुलस्त पार्ने उद्देश्यले यस नयाँ प्रक्रियाबारे विस्तृत जानकारी दिएको हो । 

कस्ता सामग्री फेसबुकमा स्वीकार्य हुने र कस्तो नहुने भन्नेबारे कम्पनीले जानकारी गराएको हो ।

घृणात्मक सन्देश फैलाउने खालको पोस्ट, नग्नता प्रस्तुत गर्ने, बन्दुक र आतङ्कवाद् सम्बन्धी पोस्ट र धम्कीपूर्ण सन्देश दिने जस्ता पोस्टहरुलाई फेसबुकले अस्वीकार्य मान्ने बताएको छ । 

हिंसा, यौनजन्य सामग्री र घृणा फैलाउने पोस्टलाई हटाउँदा फेसबुकले सो सामग्रीसँग सम्बन्धित प्रयोगकर्तालाई पनि सूचित गराउने र चेतावनी पनि दिइने बताएको छ ।  त्यसैगरी यस्ता पोस्टबारे खबर गर्ने प्रयोगकर्तालाई पनि पोस्ट हटाइसकेको वा नहटाइएको सम्बन्धि जानकारी दिइने कम्पनीले बताएको छ ।

हरेक हप्ता फेसबुकले करोडौँ मानिसहरुबाट त्यस्ता अनुचित सामग्रीको रिपोर्ट पाउने गरेको छ । अहिले भने फेसबुकले त्यस्ता सामग्रीमा अटोमेटिक झण्डाको चिन्ह लगाइदिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित