आइपिएल: मुम्बईसँग चेन्नई ८ विकेटले पराजित

पुने (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार र मुम्बईको दोस्रो जित हो । जितपछि मुम्बई छैटौं स्थानमा उक्लेको छ । 

१ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईका लागि माथिल्लो क्रमका ब्याट्म्यानले सामूहिक प्रदर्शन गरेपछि २ बलअघि नै २ विकेट गुमाएर आवश्यक रन जोडेका थियो । कप्तान रोहित शर्मा अर्धशतक बनाउँदै अविजित रहे । त्यस्तै ओपनर सूर्यकुमार यादवले ४४ र इभान लेविसले ४७ रन जोडे ।

हार्दिक पाण्डेया १३ रनमा अविजित रहे । ३३ बल खेलेका रोहितले ६ चौका र २ छक्काका साथ ५७ रन बनाए । लेविसले ४३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै सूर्यकुमारले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । चेन्नईका हरभजन सिंह र ड्वान ब्राभोले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ । रैनाले अविजित रहँदै ७५ रन बनाए । ४७ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

रैना र ओपनर अम्बाटी रायडुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । रायडुले ४६ रन र कप्तान महेन्द्र सिंह धोनीले २६ रन जोडे । मिचेल म्याक्लिघनको बलमा इभिनभ लेविसबाट क्याच आउट हुनुअघि धोनीले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

रायडुले ३५ बलमा ४ छक्का र २ चौका प्रहार गरे । अर्का ओपनर शेन वाट्सनले ११ बलमा १२ रन बटुले । मुम्बईका म्याक्लिघन र क्रुर्नाल पाण्डेयाले समान २ र हार्दिक पाण्डेयाले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा