काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा भएको हारको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने जिकिर गरेका छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा देउवा पक्षधर नेताहरूले गलत संस्कार देखाएको भन्दै पौडेलको आलोचना गरेपछि पौडेलले आफ्नो बचाउ गर्दै देउवालाई हारको जिम्मेवारी लिन दबाब दिएका हुन् । ‘कांग्रेस हारेकै हो, नेतृत्वले जिम्मा लिनुपर्छ’, पौडेलले शुक्रबार बैठकमा भनेका थिए, ‘मेरो भागमा परेको जिम्मा म लिन्छु ।’
देउवा पक्षधर नेताहरूले हारको जिम्मा वरिष्ठ नेता पौडेलले पनि लिनुपर्ने भन्दै देउवाको बचाउ गरेका थिए । तर, पौडेलले मूल नेतृत्व देउवाको भएकाले नैतिक रूपमा देउवाले नै जिम्मा लिनुपर्ने तर्क गरेका थिए । ‘कम्युनिस्ट गठबन्धनका कारण मात्र हामीले चुनाव हारेका होइनौं’, पौडेलले भने, ‘हाम्रो कार्यशैलीका कारण हार बेहोरेका हौं ।’
संविधानसभाबाट संविधान बनाउने बेला कांग्रेस रक्षात्मक हुनुले पनि चुनावमा कांग्रेस समर्थकहरू खुल्न नसकेको पौडेलको तर्क थियो । प्रधानमन्त्री बन्दैमा मात्र जनताले कसैलाई पनि स्वीकार नगर्ने तर्क पौडेलको थियो ।
‘गणेशमानजी एक पटक पनि प्रधानमन्त्री बन्नु भएन, तर तपाईं (शेरबहादुर) कति पटक प्रधानमन्त्री बनुभयो’, पौडेलले भनेका थिए, ‘आज जनताले तपाईंलाई पुज्छन् कि गणेशमानजीलाई ? ’ सत्तामा रहँदा पार्टी नेतृत्वले लोकप्रिय काम गर्न नसकेको र विधानअनुरूप सरकार सञ्चालन हुन नसकेको पौडेलको आरोप थियो ।
विगतमा पार्टी सभापति देउवाले नै एक व्यक्ति एक पदको कुरा गरे पनि आफू नेतृत्वमा आएपछि त्यसलाई ठाडै कुल्चेको पौडेलको आरोप थियो । त्यस्तै बैठकमा पार्टी एकीकरणको बेला आफूसँग भएको सहमतिलाई लागु गर्न नेता विजय गच्छदारले माग गरेका थिए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा