गुराँस टिप्ने र हाँगा भाँच्नेलाई जंगलमै ‘ठाउँको ठाउँ’ कारबाही

guransतेह्रथुम – घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि ‘गुराँसको राजधानी’ तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ ।

फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को बर्षसमेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशित गरी प्रतिवन्ध लगाएको हो ।

सूचनालाई बेवास्ता गरी कसैले गुराँस टिप्ने र हाँगा भाँच्ने काम गरे जंगलमै कारबाही गरिने वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।

गुराँसको सौन्दर्यमा रमाउन र घना गुराँसे जंगलमा घुम्न आउने पर्यटकले फूल टिपेर लैजाने गरेका छन् ।

गुराँस टिपेको र हाँगा भाँचेको भेटिएमा उनीहरुलाई वन ऐन तथा नियमावलीअनुसार कारबाही गरिने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा