
काठमाडौँ, १४ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बिहीबार पर्यटन मन्त्रालयमा आयोजित सयदिने कार्यक्रम समीक्षामा २१ घण्टा उडान सञ्चालन गर्न चाहिने एटीसीलगायत जनशक्ति व्यवस्थापन भइसकेको बताए ।
हवाई ट्राफिक चापका कारण परेको समस्यालाई न्य्ूनीकरण गर्न एक महिनाअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सयदिने कार्यक्रममार्फत निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको हो ।
‘यसअघि विमानस्थल साढे १८ घण्टाभन्दा बढी नियमित सञ्चालनमा कहिल्यै ल्याइएको थिएन,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘भूकम्प, टर्किस र मालिन्दो विमान दुर्घटनाका बेला बाध्यताले निश्चित समयका लागि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो, तर नियमित थिएन ।’ गौतमका अनुसार जहाज अवतरण तथा उडान भर्ने दुइटा मात्रै प्रवेश विन्दु भएको एकमात्र धावनमार्ग भएका कारण सञ्चार तथा उड्डयन उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले चौबिसै घण्टा सञ्चालन गर्न सकिँदैन ।
विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक ४ सय हाराहारी उडान/अवतरण हुन्छन् । सबैभन्दा धेरै गत वर्षको वैशाख ३ गते ४ सय ७४ वटासम्म भएको थियो । पर्यटकीय सिजन, प्रतिकूल मौसम र विमानस्थलमा देखापर्ने समस्याका कारण खासगरी ठूला विमानले एक घण्टासम्म पनि आकाशमै फन्को लगाउनु (होल्ड गर्नु) पर्ने बाध्यता छ । कतिपय विदेशी विमान अवतरण गर्ने अनुमति नपाउँदा भारतको लखनउ, पटना, दिल्ली र बंगलादेशको ढाकासम्म फर्किन बाध्य भइरहन्छन् । कान्तिपुरमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा