विराटनगरमा रेल्वे सुविधा सुरु !

वीरगन्ज – अहिलेसम्म वीरगन्ज नाका मात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकोमा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ ।

नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोह बीच कोलकाताबाट पहिलो र्याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ ।

विराटनगर नजिकै सीमापारी रहेको बथानाहा रेल्वे स्टेसनमा मगाई विराटनगर नाकाबाट कन्टेनर नेपाल भित्र्याउने सुविधा अब थपिएको हो । आजको नागरिकको आर्थिक पृष्ठमा समाचार छापिएको छ ।

वीरगन्जमा सुक्खा बन्दरगाह स्थापना हुनुअघि यसैगरी कोलकाता बन्दरगाहबाट सीमावर्ती भारतीय सहर रक्सोलसम्म स्टेसनमा कन्टेनर मगाई नेपाली व्यापारीले भित्र्याउने गरेका थिए ।

अब त्यस्तै सुविधा नेपालको अर्को ठूलो नाकामा थपिएपछि व्यापारमा यसबाट सहजता हुने कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा