यी पाँच खेलाडी ‘पिपुल्स च्वाइस’मा मनोनित !

नेपाली खेलकुदकै प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४’ को लागि ‘पिपुल्स च्वाइस अवार्ड’ को मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार  ‘पिपुल च्वाइस अवार्ड’ को मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।

206669378031290635_2040541019292895_550031911565656064_n

जेठ पहिलो साता हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको दौरान प्रदान गरिने ‘पिपुल्स च्वाइस अवार्ड’ को मनोनयनमा क्रिकेटर सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा, भलिबलका मान बहादुर श्रेष्ठ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका छन् । २०७४  सालमा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ ।

मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड जेठ ३ गते हुँदैछ । मनोनयनमा परेका खेलाडीमध्ये एसएसएम भोटिङको आधारमा एक खेलाडीलाई अवार्ड वितरणको दौरान विजेता घोषणा गरिने छ । मनोनयनमा परेका खेलाडीलाई नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमबाट ३७७२२ बाट एसएमएस गरेर भोट दिन सकिनेछ । यस्तै फेसबुकबाट भोट गर्नको लागि टिएचटि लाइभ र मञ्चको फेसबुक पेजमा लग इन गर्नु पर्नेछ ।

यो पटक क्रिकेटर सन्दिपलाई भोट दिन  PULSAR space SL टाइप गरेर ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । किरणलाई भोट दिन PULSAR space KC टाइप गरेर ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । यस्तै प्रतिमालाई भोट दिन PULSAR space PS, मान बहादुरको लागि PULSAR space MS र स्यान्टुलाई भोट दिन PULSAR space SS  टाइप गरेर ३७७२२ मा एसएमएस गर्नु पर्नेछ ।

नेपालले बंगबन्धु र साग फुटबलमा स्वर्ण जित्दा नवयुग नेपाली टोलीका मुख्य स्ट्राइकर थिए । उनको प्रदर्शनकै कारण नेपालले एक महिनामा दुई उपाधि जितेको थियो ।

मनोनयनमा परेका क्रिकेटर सन्दिप नेपालका युवा क्रिकेटर हुन् । सन्दिप हाल इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको टोली दिल्ली डेयरडेभिल्ससँग आबद्द रहेका छन् । आईपीएलको अक्सनबाट दिल्लीमा आबद्द भएका सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । यू – १९ क्रिकेट टोलीका महत्वपूर्ण सदस्य रहेका सन्दिप क्यारेबियन प्रिमियर लिगमा समेत आबद्द भएका छन् । लेग स्पिनर सन्दीपले २०७४ सालमा कुल ८६ विकेट लिएका थिए । सन्दिप २०७४ सालमा नेपालले खेलेको सबै प्रतियोगितामा चर्चाका पात्र समेत रहेका थिए  ।

नेपाली राष्ट्रिय फुटबल टोलीका गोल रक्षक किरण चेम्जोङले एसियन कप छनोटको पाँचै खेलमा पहिलो रोजाई भएर खेलेका थिए । यस्तै किरणले माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट धिवेही प्रिमियर लिग खेलेका थिए । उनको क्लब लिग, एफए कप र प्रेसिडेन्ट कपमा उपविजेता बनेको थियो ।  यस्तै किरणले भारतको आईलिग मिनरेवा पन्जाबबाट खेलेका थिए । उनको टोली च्याम्पियन समेत बनेको थियो ।

मनोनयनमा परेका पाँच खेलाडीमध्ये प्रतिमा एक्ली महिला खेलाडी हुन् । प्रतिमा नेपाली महिला गल्फको एक नम्बर खेलाडी हुन् ।  व्यावसायिक सूर्य नेपाल गल्फ टुरको छनोट खेल्ने पहिलो महिला बनेकी प्रतिमा फाल्डो सिरिज नेपालकी उपविजेता समेत हुन् ।  अमेरिकी गल्फर टाइगर उडबाट प्रसंसा पत्र पाउने प्रतिमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चित भएकी थिइन्  ।

भलिबलका मान बहादुर नेपाली टोलीका महत्वपूर्ण सदस्य हुन् । गत वर्ष मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेश र हङकङलाई हराउदा मानबहादुरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।  यस्तै गत वर्ष ६ मध्ये ५ प्रतियोगिताको उपाधि आर्मीले जित्दा मान बहादुर मुख्य खेलाडी थिए । मान बहादुर एनभीए लिग र ३१ औं राष्ट्रिय भलिबल र एनभीए कपमा सर्वोकृष्ट बनेका थिए ।

यस्तै टेबल टेनिसका स्यान्टु कलिलै उमेरमा राष्ट्रिय च्याम्पियन बन्न सफल खेलाडी हुन् । स्यान्टुले गत वर्ष भएको ३९ औं राष्ट्रिय टेबल टेनिसमा पुरुष एकल, डबल्स र टिम स्पर्धामा स्वर्ण जितेका थिए  । यस्तै ठमेल ओपनमा च्याम्पियनसिपमा पुरुष एकल र टिम स्पर्धामा च्याम्पियन बनेका स्यान्टुले पूर्णमान स्मृति टेबलटेनिसमा दोस्रो भएका थिए  ।

यस वर्षको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस अवार्डसहित ८ विधामा अवार्ड प्रदान गरिने छ । पिपल्स च्वाइससहित यो पटक वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला,  युवा,  प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खेलाडीलाई सम्मानित गरिने छ  ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजनमा हुने अवार्ड अन्तर्गत वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा वर्षका उत्कृष्ट प्रशिक्षकले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै अन्य विधाका विजेताले समान ५०–५० हजारसहित गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति