अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले करीब नौ हजार नेपालीको आवासीय अनुमति रद्द गर्ने तयारी गरेको छ । ट्रम्प प्रशासनले गरेको उक्त आन्तरिक तयारीका बारेमा कुरा गर्दै होमल्याण्ड सेक्युरिटी सचिव ‘क्रिसजेन नाइलसेन’ले नेपालीहरूलाई एक वर्षको अतिरिक्त समय दिन सकिने बताएकी छिन् । तर २०१९ को जुनदेखि देश निकालाको प्रक्रिया शुरु हुनेछ ।
तीन वर्षअघिको विनासकारी भूकम्पपछि नेपालीलाई टीपीएस (टेम्पोररी प्रोटेक्टेड स्ट्याटस) दिन शुरु गरेको अमेरिकाले हाल आएर उक्त प्रावधान हटाउने भएको हो । टीपीएसको प्रावधान सन् १९९० मा ल्याइएको थियो ।
यसको मुख्य उद्देश्य प्राकृतिक प्रकोप र द्वन्द्वबाट पीडित भएर अमेरिका आएकाहरूलाई अमेरिकामै सुरक्षित तरिकाले राख्ने र फिर्ता नपठाउने भन्ने थियो । तर आप्रवासीहरूप्रति शुरुदेखि नै कडा रवैया देखाएका हालका अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेलगत्तै अमेरिकाको सुरक्षाका लागि आप्रवासीहरूलाई फिर्ता पठाउने विभिन्न कदमहरू चालेका छन् ।
अमेरिकाको होमल्याण्ड सेक्युरिटीले हालसम्म साल्भाडोरका दुई लाख र हाइटीका ५० हजार नागरिकलाई फिर्ता पठाइसकेको छ । त्यसैगरी सुडानी र निकारागुवाका नागरिकहरू पनि भटाभट आफ्नै देश फर्किंदै छन् ।
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित