आजको खेलमा दिल्लीले सन्दीपलाई मैदानमा उतार्ने खबर सार्वजनिक

काठमाडौं, ८ वैशाख : आईपीएलमा आज २ वटा खेलहरु हुदैछन् । आज कोलकत्ता नाईट राईडर्स र किङस् ईलेभेन पञ्जाब तथा रोयल च्यालेन्जर्स ब्याग्लोर र दिल्ली डेयर डेभिल्स प्रतिस्पर्धा गर्दैछन् ।

1970768536sandeep

दिल्ली देयर डेभिल्सले आज नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई मैदानमा उतार्ने अनुमान गरिएको छ । दैनिक इण्डियाले ट्वीटरमार्फत दिल्लीले लामिछानेलाई मैदानमा उतार्ने खबर सार्वजनिक गरेको छ ।

लेग स्पिन बलरको रुपमा चिनिएका सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँ खर्चेर टीममा भित्र्याएको थियो ।

आजको खेलमा सन्दीपलाई ‘प्लेयर्स टू वाच’मा समेत राखिएको छ । दिल्लीले अहिलेसम्मका ४ खेलमा तीनवटा पराजय हासिल गरेको छ । अहिलेसम्म सन्दीपले खेल्न पाएका छैनन् । दिल्लीले बलिङमा राम्रो गर्न नसकिरहेकोले बलरमा विकल्प खोजिरहेको छ ।

यदि सन्दीपले दिल्लीको पहिलो घरेलु खेलमा डेब्यु गर्ने मौका पाएमा उनले क्रिस गेल, एरोन फिन्च तथा युवराज सिंहजस्ता धुरन्तर ब्याट्सम्यानको सामना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति