नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ ।

संगठनका जिम्मेवार अधिकारीले काठमाडौं, ललितपुर र काभ्रेका ४ बाल संरक्षण केन्द्रका लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा मिलेमतोमा भक्तपुर ६ ठिमीका कृष्णबहादुर सिन्केमनको श्रीकृष्ण सप्लायर्सलाई दिएको खुलेको हो ।
संगठनले बोलपत्र आह्वान गरेर प्रतिस्पर्धामा खाद्यान्न लगायत सामाग्री आपूर्ति गर्ने जिम्मा दिइएको दाबी गरे पनि अधिकांश सामाग्री चर्को मूल्यमा किनेको देखिएको हो ।
स्रोतका अनुसार संगठनकै केही कर्मचारीले आर्थिक लाभका आधारमा प्रचलित भाउभन्दा बढी मूल्यको टेन्डर स्विकारेका हुन् । संगठन र सिन्किेमनबीच भएको सम्झौतापत्रमै खाद्यान्नको मूल्य प्रचलित बजारभाउभन्दा निकै उच्च देखिन्छ । आजको कान्तिपुरमा यो समाचार छापेको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर