ज्ञवाली चीन भ्रमणमा जाने , दुई प्रधानमन्त्रीको भ्रमणबारे छलफल हुने

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा जाने भएका छन् । । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवालीले चीनको भ्रमण गर्ने चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

 परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी ओलीले आफू भारत भ्रमणबाट फर्केको एक सातापछि निकट भविष्यमा हुने आफ्नो चीन भ्रमण र चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणबारे छलफलका लागि परराष्ट्रमन्त्रीलाई त्यसतर्फ पठाउन लागेका हुन् ।
 
परराष्ट्रमन्त्रीले आफ्नो भ्रमणका क्रममा उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै नेपाल र चीनबीच भएका दुईपक्षीय सहकार्यको ‘रिभ्यु’ गर्नेछन् । चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीनसमेत हेर्ने उत्तरपूर्वी महाशाखाका दुई अधिकारी र आफ्ना निजी सचिवसहित ६ दिने भ्रमणमा जान लागेका हुन् ।
 
उनको भ्रमणलाई ‘सदभावना’ भनिए पनि आगामी केही महिनाभित्र प्रधानमन्त्रीस्तरमा चीनतर्फ भ्रमण गराउन पहल हुने अधिकारीहरु बताउँछन् । ज्ञवालीले भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनबारे छलफल हुने बताएका छन् । अाजकाे कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड