April 12, 2018

मायादेवी मन्दिरमा ताइवानीका ‘अस्तु’ गाडेको रहस्य खुल्यो

downloadलुम्बिनी, २९ चैत । ताइवानी नागरिकले मायादेवी मन्दिर परिसरमा मानव अस्तु गाडेको रहस्य खुलेको छ। चैत १२ गते ताइवानी नागरिक पर्यटकका रूपमा लुम्बिनी प्रवेश गरेपछि आफूसँगै लिएर आएको कपालको चुल्ठो, दाँत, हातको बाला, नङ मायादेवी मन्दिर परिसरमा गाडेको खुल्न आएको छ।

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा लुम्बिनी विकास कोष र युनेस्को अनुमतिबिना कुनै उत्खनन तथा अन्वेषण गर्न पाइँदैन तर ताइवानी नागरिकले लुम्बिनी विकास कोषका कर्मचारी, सुरक्षाकर्मीको मिलेमतोमा सामान गाडेको भन्दै कोषले छानबिन अघि बढाएको छ।

चैत १२ गते ४० जनाको समूहमा ताइवानी पर्यटकको लुम्बिनीका सुरक्षालाई चुनौती दिँदै कोषका कर्मचारी र सुरक्षाकर्मीको आर्थिक मिलेमतोमा मायादेवी मन्दिरको परिसरमा मानव वस्तु गाडेका थिए। छानबिन समितिको प्रतिवेदनका अनुसार ड्युटीमा रहेकाहरूले प्रतिव्यक्ति एक हजारका दरले रकम लिएर मायादेवी परिसरमै ताइवानी पर्यटक समूहका ती सामान गाड्न अनुमति दिइएको छ।

घटनामा कोषका वनस्पति अधिकृत सब्बिर अहमद खान, सुरक्षागार्ड कमान्डर धन्नाराम श्रेष्ठ, सोयब मुसलमान, सहित दंगा, सशस्त्र, पर्यटन र ग्रुप फोरका सुरक्षाकर्मीसहित १८ जनाको संलग्नता रहेको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको मायादेवी मन्दिरमा प्रवेश गर्ने क्रममा सर्वसाधारणको झोला खानतलासी गरिन्छ। मन्दिर परिसरमा जुत्ता–चप्पल निषेध छ। परिसरमा रहेका बोटबिरुवा, फूल कुनै पनि वस्तु जथाभावी छुन, च्यात्न, जमिन खन्न पनि निषेध छ। महŒवपूर्ण स्थल उत्खनन वा निर्माण गर्नुपरे युनेस्को र लुम्बिनी विकास कोषको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छ। तर, यी सबै मापदण्डलाई बेवास्ता गर्दै कोषका कर्मचारी र सुरक्षाकर्मीले ताइवानी पर्यटकको समूहलाई मायादेवी मन्दिर परिसरमै मानव वस्तु गाड्न अनुमति दिएका थिए।

सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका कर्मचारी आर्थिक प्रलोभनमा पर्दा लुम्बिनीको सुरक्षामा चुनौती देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। सुरक्षाकर्मी र कोष कर्मचारीलाई खरिद गरी मानव अंगसहितका वस्तु गाड्न सक्ने हुँदा भविष्यमा कसैले कुनै घटना पनि घटाउन सक्ने सम्भावना बढेको स्थानीयको आरोप छ। अन्नपुर्णपोस्टमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा