
ओखलढुंगा– लिखु गाउँपालिका अध्यक्ष गोविन्द पौडेलमाथि गएराति आक्रमण भएको छ । नचिनेका एक समुहले गएराती करिब १० बजेतिर अध्यक्ष पौडेलमाथि आक्रमण गरेको जिल्ला गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले बताइन् ।
आक्रमणबाट घाइते पौडेलको बायाँ घुँडा , तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ भने हातको कान्छी औंलाको नङ समेत फुटेको छ । अहिले घाईते पौलेलको स्थानीय स्वास्थ्य संस्थामा भैरहेको उपाध्यक्ष ढुंगेलले बताइन् ।
कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि आक्रमण गरेको अध्यक्ष पौडेलले बताए । ‘म निवासमै सुतिरहेको थिएँ, अंकल बाहिर निस्कनुस् न जरुरी काम भने , म नागरिक दुःख पाएर आए होलान् भन्ने ठानेर बाहिर निस्किए त्यहीबेला आक्रमण भयो ।’ पौडेलले भने ।
अहिले घाईते पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यता जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले घटनाको अनुसन्धान भैरहेकाले अपराधी चाडै पत्ता लगाईने बताए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा