एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड जेठमा

नेपाली खेलकुदकै प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४’ जेठ पहिलो साता हुने भएको छ । अवार्डको १५ औं संस्करण जेठ ४ गते हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार पत्रकार सम्मेलनबाट जानकारी गराएको हो ।

1820589608IMG_4217

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने अवार्डमा ०७४ सालमा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गराउने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गरिने मञ्चले जनाएको छ । 

यस वर्षको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । विधाका मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम चाँडै सार्वजनिक गर्ने मञ्चले  जनाएको छ । यो पटक वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला,  युवा,  प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खेलाडीलाई सम्मानित गरिने छ  ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजनमा हुने अवार्ड अन्तर्गत वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकले पल्सर मोटरसाइकल प्राप्त गर्ने छन् । त्यस्तै अन्य विधाका विजेताले समान ५०–५० हजारसहित गिफ्ट ह्याम्पर पाउने छन् ।
गत वर्ष उत्कृष्ट पुरुष खेलाडी फुटबलका किरण कुमार चेम्जोङ, उत्कृष्ट महिला खेलाडी ब्याडमिन्टनकी नङ्सल तामाङ, उत्कृष्ट युवा खेलाडी जुडोकी मनीता श्रेष्ठ प्रधान, बर्षका प्रशिक्षक एथलेटिक्सका पुष्पराज ओझा चुनिएका थिए ।

यस्तै  पिपल्स च्वाइस अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजु, पारा एथलिट अवार्ड दृष्टिविहिन क्रिकेटका पदम बडेला, लाइफटाइम एचिभमेन्ट अवार्ड गल्फका घनश्याम थापा, स्पेशल अवार्ड बन्दी सहायता नियोगलाई प्रदान गरिएको थियो । टिम अफ दि इयर राष्ट्रिय भलिबल टिम घोषित भएको थियो ।

पल्सर स्पोर्ट्स अवार्डको लागि मञ्चले मंगलबार नै हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मञ्चका अध्यक्ष महेश आचार्य र प्रालिका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै पल्सर मोटरसाइकलको नेपालमा अधिकारिक बिक्रेता हुलास प्रालिले चार मोटरसाइकल उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।