डीपीएल–२ को फाइनलमा काठमाडौं र धनगढी भिड्दै

सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको फाइनल प्रवेशको लागि घरेलु टोली टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा धनगढी र काठमाडौं आमनेसामने हुन लागेका हुन् ।

2028038222DPL-logosधनगढीको एसएसपी क्रिकेट मैदानमा यी दुई टिमबीचको खेल विहान ९ बजे सुरु हुनेछ । लिगको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको काठमाडौं अपराजित टिम हो । काठमाडौंले ५ खेलमा ४ मा जित हात पारेको थियो भने १ खेल पानीको कारण रद्द भएको थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं धनगढीलाई पराजित गर्दै फाइनल प्रवेश गर्ने दाउमा छ । 
यसअघि लिग चरणको पहिलो खेलमा नै काठमाडौंले धनगढीलाई ७ विकेटले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा काठमाडौंले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको थियो । तेस्रो खेलमा सीवाईसी अतरियालाई काठमाडौंले ११ रनले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर किंग्सलाई काठमाडौंले ५ विकेटले पराजित गरेको थियो भने पाचौ खेल वर्षाको कारण रद्द भएको थियो ।

यता, धनगढी लिगचरणमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो । धनगढीले ५ खेलमध्ये ३ मा जित र २ खेलमा हार ब्यहोरेको छ । सोमपाल कामीको कप्तानीमा धनगढी फाइनल प्रवेशका लागि काठमाडौं विरुद्ध मैदानमा उत्रिदैछ । 

लिग चरणको हारको बदला लिने दाउमा पनि धनगढी रहेको छ ।
एलिमिनेटर अन्तर्गत भोलि नै महेन्द्रनगर युनाइटेडले सीवाईसी अतरियासँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमबीचको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति