
काठमाडौँ, २६ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारको अध्यक्षतामा एक साताअघि बसेको क्यानको बोर्ड बैठकले आठ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृति गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।
त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालनका लागि रन वे तत्काल सुधार गर्नुपर्ने ठहर गर्दै रकम विनियोजन गरिएको गौतम बताउँछन्। ‘विमानस्थल इन्जिनियरिङ महाशाखालाई ‘रन वे’ को अति संवेदनशील ठाउँको पहिचान गरी त्यस्ता ठाउँको मर्मत तथा सुधार गर्न बोर्ड बैठकले निर्देशन दिएको छ’, महानिर्देशक गौतमले भने, ‘ विमानस्थलको रन वे मर्मतमा रकम अभाव भएको गुनासो आएपछि आवश्यक बजेट विनियोजन गरेका हौं।’
विमानस्थलको बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न मन्त्री अधिकारीले २१ घन्टा विमानस्थल सञ्चालन गर्ने घोषणा गरेको थिए।
‘बोर्डले विनियोजन गरेको रकम नियमित भइरहेको मर्मतभन्दा पनि अति संवेदनशील ठाउँको पहिचान गरी सुधारका लागि हो’, गौतमले भने। तर, विमानस्थल इन्जिनियरिङ माहाशाखाले भने २१ घन्टा विमानस्थल सञ्चालन गर्न असहज रहेको बताउँदै आएको छ।
माहाशाखाका अनुसार रन वे मर्मतका लागि अहिले दैनिक राति साढे १ बजेदेखि विहान साढे ५ बजेसम्म काम गर्नुपर्ने अवस्था छ। अन्नपुर्ण पोष्टमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा