गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री भएपछि टेलिकममा ब्यालेन्स सापटी सेवा सुचारु

gokul dai photo
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले सर्वसाधारण जनताले महशुस र अुनभूति गर्ने गरी आफ्नो मन्त्रालय मातहतका प्रमुखहरुलाई निर्देशन दिएपश्चात् नेपाल टेलिकमले यही शुक्रबारबाट एनसेलको भन्दा राम्रो सेवा ग्राहकहरुलाई दिएको छ । सो सेवामा नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी ‘नमस्ते क्रेडिट’ सेवा दिएको हो । त्यसैगरी सञ्चार मन्त्रालय अन्तर्गतकै चलचित्र विकास बोर्डलाई पनि मन्त्री बास्कोटाले नेपालमा बक्स अफिसको व्यवस्था मिलाउन निर्देशन दिइसक्नु भएको छ । भारतमा जस्तै नेपाललमा पनि चलचित्रहरु कति चले, देशभरमा हलमा चलेका चलचित्रहरुले कति कमाई गरे ? कम्प्युटर सिस्टमबाट तुरुन्त देख्न सकिने, जतिखेर पनि जानकारी लिन सकिने बक्स अफिसको आवश्यकता ठानी मन्त्री बास्कोटाले निर्देशन दिनु भएको बुझिन आएको छ । केही समयमै उक्त काम पनि पूरा हुने चलचित्र विकास बोर्ड सम्वद्ध एक अधिकारीले काभ्रेपोष्टलाई बताए । बास्कोटा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री भएपछि टेलिकमले प्रिपेड सिमकार्ड प्रयोगकर्ताले मोबाइलमा कुरा गर्दा फोन नकाटिने, डाटा चलाउन पाइने र अन्तर्राष्ट्रिय एसएमएस पनि निरन्तर हुने गरी सापटी सुविधा दिने भएको हो । टेलिकमले ग्राहक सेवाका लागि न्युनतम पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्म सापटी सुविधा दिने भएको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार तीन महिनादेखि प्रयोगमा रहेको सिमबाट यो सुविधा उपलब्ध हुनेछ । यो सेवा मोबाइलको ब्यालेन्स सकिएपछि हुने कुराकानी र डाटा प्रयोगमा आफैं सुचारु हुनेछ । ग्राहकले सापटी लिने रकमको जानकारीका लागि एसटीएटीयूए (स्टाटस) लेखेर १४७७ मा एसएमएस गर्नुपर्नेछ । यो सेवा नचाहिने भए एसटीओपी र पुनः सुचारु गर्न एसटीएआरटी लेखेर १४७७ मै एसएमएस पठाउन सकिने जानकारी वैद्यले दिइन् । एक पटक लिएको सापटी मोबाइल रिचार्ज गर्दा आफैं काटिन्छ । टेलिकमले यस्तो सापटी भने मेन ब्यालेन्समा ४० प्रतिशत रहने गरी ६० प्रतिशत मात्रै काट्नेछ । सापटी लिएको रकम काट्दा पनि सोको ४० प्रतिशत मेन ब्यालेन्समा रहने अवस्थामा मात्रै पूरै रकम एकैपटक काटिन्छ । टेलिकमका अनुसार कुनै ग्राहकले आठ रुपैयाँ सापटी लिएको छ र उसले १० रुपैयाँ मात्रै ब्यालेन्स राखेको छ भने ६ रुपैयाँ मात्रै काटिने र अर्को पटक थप दुई रुपैयाँ काटिन्छ । सापटी रकमबाट कल, एसएमएस र डाटा चलाउन सकिन्छ । टेलिकमले सापटी दिने रकम भने ग्राहकले मासिक फोनमा गर्ने खर्चका आधारमा तय हुनेछ । ग्राहकले फोनमा गर्ने खर्चका आधारमा कम खर्चलाई कम र धेरै खर्च गर्नेलाई धेरै रकम सापटी दिनेछ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले शुक्रबार सापटी सुविधाको औपचारिक शुभारम्भ गरेका थिए । नेपालमै पहिलो पटक प्रिपेड सेवा सुरु गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा सुरु गरेको मन्त्री बास्कोटाको भनाइ छ । टेलिकमका अन्य सेवाको तुलनामा कभरेज तथा ग्राहक संख्या बढी रहेकाले कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयता वृद्धि गर्न थप बल पुग्ने उनले बताए । उनले यो सेवाबारे सबै प्रिपेड प्रयोगकर्तालाई तत्काल एसएमएसमार्फत जानकारी दिन पनि निर्देशन दिएका छन् । कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको गौरवशाली यात्रामा नमस्ते क्रेडिट सेवा अर्को कोसेढुंगा भएको दाबी गरिन् । ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने भएकाले ग्राहकमा थप विश्वास दिलाउन टेलिकम सफल हुने बुझाइ राजभण्डारीको छ । टेलिकमले दिएको यस्तो सापटी रकममा कुनै ब्याज वा अतिरिक्त शुल्क लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा