धनगढी डीपीएलको प्लेअफमा रुपेन्देही ३ रनले पराजित

रोमाञ्चक खेलमा रुपेन्देही च्यालेन्जर्सलार्इ ३ रनले पराजित गर्दै टीम चौराह धनगढी रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) -२ को प्लेअफमा प्रवेश गरेको छ। निर्धारित समय भन्दा ढिलो मात्रै खेल सुरु भएपछि ८ अोभरमा छोट्याइएको खेलमा धनगढीले दिएको ७७ रनको लक्ष्य पछ्याएको रुपेन्देही ५ विकेट गुमाउँदै ७३ रनमा रोकियो।

रुपेन्देहीका लागि सागर पुनले १६ बलमा ३ चौका र ३ छक्काको मदतमा ३३ रनको विस्फोटक पारी खेलेपनि टोलीलार्इ जिताउन सकेनन्। साथै उसका दीपक प्रसादले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले ७ विकेट गुमाएर ७६ रन बनाएको थियो। धनगढीका सोनु तामाङले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३४ रनको पारी खेले। सो क्रममा उनले ४ छक्का र १ चौका प्रहार गरे। यस्तै, रोहन मुस्तफाले १५, राजेश पुलामीमगरले ९, सुनिल धमलाले ६ रन जोडे। बलिङ तर्फ सुशान भारीले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए। 

योसँगै डीपीएलको प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। काठमाडौं गोल्डन्सले शुक्रबार नै प्लेअफमा स्थान बनाएपनि अाज महेन्द्रनगर युनाइटेड र धनगढीले प्लेअफमा स्थान बनाएका हुन्। प्लेअफमा पुग्ने अन्तिम टोलीको भने अाइतबार टुंगो लाग्नेछ।  अाइतबार हुने सिवाइसी अत्तरिया र विराटनगर किंग्सबीचको विजेता प्लेअफमा पुग्ने अन्तिम टोली हुनेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति