पारसको टीम विराटनगरविरुद्ध काठमाडौंको जीत

धनगढी, २३ चैत : कप्तान ज्ञानेन्द्र मल्लको शानदार बलिङ प्रदर्शनको बलमा काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल)मा लगातार चौथो जीत दर्ता गरेको छ ।

Gyanendra_Malla_tPwnAc1B33

धनगढीमा शुक्रबार सम्पन्न खेलमा काठमाडौंले पारस खड्का नेतृत्वको विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्‍यो । विराटनगरले प्रस्तुत गरेको १६५ रनको लक्ष्य भेट्टाउने क्रममा जीतमा कप्तान मल्लले ६८, भूपेन्द्र थापाले ३६, सन्नी पटेलले २५, पुष्प थापाले २४, सुवोध भाटीले १० तथा अमित श्रेष्ठले ५ रनको योगदान गरे । वसन्त रेग्मीले २ तथा पारस खड्का, शुभम कामत र मञ्जित श्रेष्ठले १/1 विकेट लिए पनि काठमाडौंलाई रोक्न पर्याप्त भएन ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १६४ रन जोडेको थयो । उसका लागि बाबर हयातले ६७, दिलिप नाथले ३३, पृथु बास्कोटाले ११ तथा वसन्त रेग्मी र अनिलकुमार साहले १०/१० रन जोडेका थिए । ललितनारायण राजव‌शीले ३, रसीद खानले २ तथा सुवोध भाटीले १ विकेट हात परे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति