प्रदेश १ काे बजेट तयारी सुरू

1520147082mantirprasid

विराटनगर – प्रदेश १ को अर्थ मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट बनाउने तयारी थालेको छ । मन्त्रालयले कर प्रणाली र राजस्व असुलीबारे अध्ययन गर्न दुई उच्चस्तरीय कार्यदल बनाएको छ । 

बजेटलाई जनमुखी बनाउन कार्यदल बनाइएको आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । प्रदेशमा कर प्रणालीको अवस्था, वृद्धिका सम्भावना, समस्या र चुनौती अध्ययन गर्न अर्थशास्त्री डा. पिके झाको नेतृत्वमा सातसदस्यीय कर प्रणाली सुदृढीकरण समिति गठन गरिएको छ । समितिमा निजी क्षेत्रलाई समेत सहभागी गराइने आङ्बोले बताए ।

त्यस्तै, राजस्व असुलीको अवस्था र सम्भावनाबारे अध्ययन गर्न आर्थिक मन्त्रालयका सचिवको नेतृत्वमा पाँचसदस्यीय समिति बनाइएको छ । दुवै समितिमा उद्योग वाणिज्य महासंघले तोकेको एक–एक प्रतिनिधि सदस्य हुनेछन् ।

१९ चैतमा प्रदेश सभाबाट पारित भएको आर्थिक कार्यविधि–२०७४ प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि अर्थ मामिला मन्त्रालयले अध्ययनका लागि समिति गठन गरेको हो ।

दुवै समितिले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । प्रतिवेदनअनुसार नै आगामी वर्षको बजेट बनाइने आर्थिक मामिलामन्त्री आङ्बोको भनाइ छ । उनका अनुसार प्रदेश सरकारले केन्द्र र स्थानीय तहसँग बाझिने गरी दोहोरो कर नलगाउने नीति लिएको छ ।

तीन महिने बजेट उपस्थिति देखाउन मात्र
प्रदेश सरकारले चालू वर्षको तीन महिनाका लागि आगामी २९ चैतमा ल्याउन लागेको बजेट सरकारको उपस्थिति देखाउने खालको मात्र हुने आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । बजेट भैपरी आउने र सरकारले सार्वजनिक गरेका सय दिनमा थालनी गर्ने सूचीलाई प्राथमिकता दिएर निर्माण हुनेछ ।

मन्त्री आङ्बोका अनुसार यो बजेटले कर वृद्धि नगर्ने बताए । तर, करको दायरा भने फराकिलो पारिने उनले जानकारी दिए । केन्द्र र स्थानीय तहसँग जुध्ने गरी दोहोरो कर नलगाउने उनको भनाइ छ । नदी नियन्त्रण, प्रकोपपीडितको उद्धार र केही भौतिक संरचना निर्माणका लागि बजेट छुट्याउने उनले जानकारी दिए ।आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा