ओलीलाई अधिकतम समय दिँदै मोदी

नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँदिल्ली ओर्लेको भोलिपल्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग विभिन्न चरणको छलफल र समारोहसहित तीन घण्टाभन्दा बढी कुराकानी गर्ने भएका छन् । मोदीको निमन्त्रणामा ओलीको यो भारतको दोस्रो राजकीय भ्रमण हो । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

संविधान जारी भएपछि भारतसँग सम्बन्ध बिग्रेको र अझै पनि सुमधुर हुन नसकेको अवस्थामा दुई प्रधानमन्त्रीबीच हुने लामो भलाकुसारीले सम्बन्ध सहज हुने अपेक्षा कूटनीतिक अधिकारीहरूको छ । पटकपटक गरेर उनले यसरी भेट्न लागेका हुन् । सबै छलफलमा यसअघि भएका सम्झौता कार्यान्वयनमा नै प्रधानमन्त्री ओलीले जोड दिने बताइसकेका छन् ।

निर्वाचनपछि शक्तिशाली प्रधानमन्त्रीका रूपमा दरिएका ओलीलाई मोदीले निकै महत्त्व दिएको विज्ञहरूले बताएका छन् । बिहान राष्ट्रपति भवनमा एकपटक र हैदराबाद हाउसमा दुईपटक मोदीले ओलीसँग भेट गर्नेछन् । बैठकपछि संयुक्त पत्रकार सम्मेलन र दिवाभोजमा पनि मोदी ओलीसँगै हुनेछन् । द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन नै यो भ्रमण केन्द्रित हुने दुवैतर्फबाट बताइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिने कार्यक्रम छ । सम्मान गारतअगावै मोदीले उनलाई स्वागत गर्ने अधिकारीहरूले बताएका छन् । उनले मोदीसँग छलफल गरेपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्ने नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्रीलाई स्वागत गर्न इन्दिरा गान्धी विमानस्थलमा आउने भारतीय मन्त्रीको नाम खुलाइएको छैन । प्रधानमन्त्री मोदीले विमानस्थलमा कुनै ‘सरप्राइज’ दिन सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री मोदीसँग उनको औपचारिक वार्ता हैदराबाद हाउसमा हुनेछ । मोदीसँग सुरुमा एक्लाएक्लै, सीमित अधिकारीसहित र पछि औपचारिक प्रतिनिधिमण्डलबीच गरेर तीन चरणमा वार्ता हुने कार्यक्रम छ । दुई देशबीच हुने सम्झौता तथा पत्र आदानप्रदानसम्बन्धी कार्यक्रम भने अझै तय भएको छैन ।

परराष्ट्र मन्त्रालयले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना र इन्टिग्रेटेट चेकपोस्टको स्विच अन गरेर दिल्लीबाटै शिलान्यास गर्ने सहमति भएको जनाएको छ । कृषिको आधुनिकीकरणमा सहयोग, रक्सौलबाहेक नेपालगन्ज, सुनौली र जोगबनीसम्म बल्क कार्गो ल्याउने तथा दिल्ली कोलकाता–काठमाडौं रेल सेवा विस्तारसम्बन्धी सम्झौताको गृहकार्य पनि जारी छ । त्यसको बिहीबार अबेरसम्म टुंगो लागेको छैन ।

सम्झौतालगायत अन्य विषयमा छलफल गर्न कार्यवाहक राजदूत भरतकुमार रेग्मीको साथ दिन दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना दिल्ली आइसकेका छन् । उनीहरूले सम्झौताको विषयमा छलफल गर्ने अधिकारीहरूले बताए ।

कृषि क्षेत्र सम्बन्धित समझदारी कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, आवश्यक जनशक्ति उत्पादन र प्रविधि हस्तान्तरणमा केन्द्रित हुने भनिए पनि टुंगो लाग्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा