सन्दीप लामिछाने टिममा पर्ने सम्भावना छ : दिल्लीका प्रशिक्षक

दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफूलाई निखार्दै लगेको बताएका छन् । दिल्ली डेयरडेभिल्सले बिहिबार आयोजना गरेको पत्रकार सम्मेनलमा प्रशिक्षक पोन्टिङले सन्दीपले बलिङमा दिनप्रतिदिन सुधार गर्दै गईरहेको बताएका हुन् ।

1885777289dilli

आईपीएल सुरु हुनुअघि दिल्लीले आयोजना गरेको पत्रकार सम्मेलनमा सन्दिपबारे प्रशिक्षक पोन्टिङले भने, “स्याण्डी (सन्दिप) निपुण स्पिनर क्रिकेटर हुन् । उसले अभ्यासमा निकै राम्रो गरिरेहको छ । उ युवा छ, अभ्यासमा नथाक्ने जोश देखाएको छ । सन्दीपले आफूलाई दिन प्रतिदिन प्रगति गर्दै गैरहेको छ ।”

यस्तै प्रशिक्षक पोन्टिङले सन्दीप क्रिकेटमा उदाउँदा खेलाडी रहेको र सन्दीपसँग टिमलाई चाहिएको बेला उचित बलिङ गर्न सक्ने क्षमता भएको बताए । सन्दीपले आफूलाई निखार्दै लगेका कारण टिममा पर्ने सक्ने सम्भावना रहेको समेत प्रशिक्षक पोन्टिङले बताए ।

आउने शनिबार सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका लागि लेग स्पिनर सन्दीप हाल दिल्लीको टिममा रहेका छन् । सन्दीपलाई दिल्लीले अक्सनबाट २० लाख भारतीय रुपैयाँमा किनेको थियो  । सन्दीपको टोली दिल्लीले आइतबार किंग्स इलाभेन पन्जाबसँग माहोलीमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति