डीपीएल–२ मा विराटनगरद्वारा टिम चौराहलाई १२८ रनको लक्ष्य

धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेट अन्तर्गत बिहिबार भएको पहिलो खेलमा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्यसहित टिम चौरहनले जवाफी ब्याटिङ गरिरहेको छ ।

106458904Paras-Khadka-and-saurav-khanal-takes-run

धनगढीस्थित अञ्चल प्रहरीको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभर ५ बलमा अलआउट हुँदै १२७ रन बनाउन सक्यो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरका लागि पवन सर्राफले ४१ तथा अनिल कुमार शाहले २४ रन बनाए ।

यस्तै कप्तान पारस २ रन आउट भए भने भारतीय खेलाडी सुभम कुमटले १८ तथा हङकङका बाबर हायतले १५ रन जोडे । विराटनगरलाई सस्तैमा समेट्न साविकको विजेता समेत रहेको टिम चौराहका लागि सुनील धमलाले ४ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी र युएईका खेलाडी रोहन मुस्तफाले समान २ – २ विकेट लिए ।

प्रतियोगितामा आज दुवै टोली जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन् । प्रतियोगितामा चौथो खेल खेलिरहेको टिम चौरह तीन खेलमा ४ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । यस्तै तेस्रो खेल खेलिरहेको विराटनगर २ अंक जोडेर पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति