संसदबाट गाडी सुविधा पाउने पदाधिकारीहरु

car-mayor_b4Ciey0c4Pकाठमाडौं –

 संघीय संसदमा पदाधिकारीले गाडीसहितको सेवासुविधा पाउँछन् ।सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, विपक्षी र सत्तापक्षको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिको सभापतिले गाडीलगायतका सुविधा पाउँछन् ।

हालसम्म सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशीकला दाहाल, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेल र राष्ट्रियसभा नियमावली मस्यौदा समिति सभापति परशुराम मेघी गुरुङले गाडी सुविधा प्रयोग गरिसकेका छन् ।एमालेका प्रमुख सचेतक र सचेतक बुधबार चयन गरेको छ । 

एमाले दलको कार्यालयबाट प्रमुख सचेतक र सचेतकमा नियुक्त भएको जानकारी प्राप्त भएपछि मात्रै गाडी सुविधा दिइने संघीय संसद सचिवालयस्थित सवारी व्यवस्थापन शाखाका प्रमुख एवं उपसचिव नेत्रबहादुर कार्कीले बताए ।आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा