डीपीएल–२ महेन्द्रनगरद्वारा धनगढीलाई १३२ रनको लक्ष्य

महेन्द्रनगर युनाइटेडले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा टिम चौराह धनगढीलाई १३२ रनको चुनौती दिएको छ । निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा महेन्द्रनगरले १३१ रन बनाएपछि धनगढीले मध्यम स्कोरको लक्ष्य पाएको हो । 

20049671830126389_1891206754276238_749056392_o

एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले सम्मानजनक स्कोर बनाएको हो । २२ रन हँुदा पहिलो विकेटको रुपमा ओपनर आफि शेखलाई गुमाएको महेन्द्रनगरले लगतै २२ रन नै हँदा हरिशंकर शाहंलाई गुमाएको थियो । २५ रन हुँदा कप्तान विनोद भण्डारीलाई ११ रनमा गुमाएपछि महेन्द्रनगर दबाबमा आएको थियो ।

महेन्द्रनगरको ४७ रन हँदा ५ विकेट पतन भइसकेको थियो । मेहन्द्रनगरको इनिङ्स पुनित मेहरा र भुवन कार्कीले उकासेका थिए । पुनितले ४० रन बनाए । उनले २२ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, भुवन कार्की अन्तिम बलमा रनआउट हुनुपूर्व ३२ रन बनाए । महेन्द्रनगरका लागि पुनित विष्टले २४ रन बनाएका थिए । टिम चौराह धनगढीका लागि ललित भण्डारीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, कप्तान सोमपाल कामी र सामसद शेखले समान १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति