April 3, 2018

संसद्को पहिलो अधिवेशन आजै अन्त्य: राष्ट्रपति कार्यालयलाई थाहा छैन

संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ । आजकोनयाँ पत्रिकामा समाचार छापिएको छ ।

सोमबारसम्म राष्ट्रपति कार्यालयलाई थाहा छैन
सरकारबाट बिजनेस नपाएपछि संसद् अधिवेशन आजै अन्त्य हुने सांसद तथा संघीय संसद् सचिवालयमा चर्चा चले पनि राष्ट्रपति कार्यालय भने सोमबार अबेरसम्म बेखबर थियो । 

संसद् अधिवेशन अन्त्य गर्नेबारे संसद् र प्रधानमन्त्रीको सिफारिस आउनुपर्ने भए पनि त्यो प्राप्त भइनसकेको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले बताए । उनले भने, ‘अपर्झट भोलि नै सिफारिस आयो र अधिवेशन अन्त्य गर्नुपर्ने भयो भने त पत्र पठाइन्छ ।’

संसद्मा पेस भएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । दुवै अध्यादेश संसद्मा पेस भइसकेको छ । अध्यादेश पेस भएको दुई दिनसम्म सांसदले अस्वीकार गर्ने सूचना दर्ता गर्न सक्ने प्रावधान छ ।

सोहीबमोजिम चिकित्सा शिक्षा अध्यादेशमा नेमकिपाबाट निर्वाचित सांसद प्रेम सुवालले अस्वीकार गर्ने सूचना दर्ता गराएका छन् । प्राप्त अस्वीकार गर्ने सूचना प्रस्तुत गरेपछि विधेयकमा स्विकृति गर्न संसद्मा प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा