एजेन्सी, १९ चैत । चीनले यो वर्ष विश्वकै लामो समुद्री पुलको उद्घाटन गर्दैछ । हङकङ र मकाउलाई चीनको प्रमुख भूमिसँग जोड्ने उक्त पुल ५५ किमी लामो छ र त्यसमा ६ वटा लेनहरु छन् ।
यी क्षेत्रहरुबीचको यात्रा समयलाई कम गर्न बताइएको छ ।
अर्वौंको लगानीमा सम्पन्न भएको उक्त वृहत पुल निर्माण परियोजनामा अन्तर्राष्ट्रिय समन्वयमा सफल भएको हो । पुल निमार्णमा ६० वटा इफिल टावर बराबर लाग्ने स्टील प्रयोग गरिएको बताइएको छ ।
पुल निर्माणका लागि वेलायत, अमेरिका, डेनमार्क, स्वीटजरल्याण्ड, जापान र नेदरल्याण्डका विदेशी विज्ञहरु पनि संलग्न रहेको पुल निर्माण समूहका नेतृत्वकर्ता गावो जिङलिनले अल जजिरा च्यानललाई बताएका छन् ।
तर पुलले अत्याधिक खर्च र खतरनाक दुर्घटनाका लागि व्यापक आलोचना पनि खेप्दै आइरहेको छ । यद्यपी चिनियाँ प्रशासनले उक्त परियोजनाको सराहना गर्दै पुलको प्रसारका लागि अन्तर्राष्ट्रिय मिडियाहरुलाई पनि यो हप्ता चीनमा निमन्त्रणा गरेको थियो ।
पुलको उद्घाटनको औपचारिक मिति भने हालसम्म घोषणा गरिएको छैन ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी