एजेन्सी, १९ चैत । चीनले यो वर्ष विश्वकै लामो समुद्री पुलको उद्घाटन गर्दैछ । हङकङ र मकाउलाई चीनको प्रमुख भूमिसँग जोड्ने उक्त पुल ५५ किमी लामो छ र त्यसमा ६ वटा लेनहरु छन् ।
यी क्षेत्रहरुबीचको यात्रा समयलाई कम गर्न बताइएको छ ।
अर्वौंको लगानीमा सम्पन्न भएको उक्त वृहत पुल निर्माण परियोजनामा अन्तर्राष्ट्रिय समन्वयमा सफल भएको हो । पुल निमार्णमा ६० वटा इफिल टावर बराबर लाग्ने स्टील प्रयोग गरिएको बताइएको छ ।
पुल निर्माणका लागि वेलायत, अमेरिका, डेनमार्क, स्वीटजरल्याण्ड, जापान र नेदरल्याण्डका विदेशी विज्ञहरु पनि संलग्न रहेको पुल निर्माण समूहका नेतृत्वकर्ता गावो जिङलिनले अल जजिरा च्यानललाई बताएका छन् ।
तर पुलले अत्याधिक खर्च र खतरनाक दुर्घटनाका लागि व्यापक आलोचना पनि खेप्दै आइरहेको छ । यद्यपी चिनियाँ प्रशासनले उक्त परियोजनाको सराहना गर्दै पुलको प्रसारका लागि अन्तर्राष्ट्रिय मिडियाहरुलाई पनि यो हप्ता चीनमा निमन्त्रणा गरेको थियो ।
पुलको उद्घाटनको औपचारिक मिति भने हालसम्म घोषणा गरिएको छैन ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा