जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ ।

उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाब फर्काएर अवैध रुपमा बालुवा तसकरी गरिरहेको हो ।
उनीहरुले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने,
-वडाध्यक्ष लामाले २० भन्दा बढी कामदार र टोले गुन्डाहरुको प्रयोग गरेर बालुवा तस्कर गर्दै आएका छन् ।
-तस्करको कुरा माथिसम्म पुग्ला भनेर बाहीरी मान्छेलाई यहाँ प्रवेश गर्न दिँदैनन् ।
वडाध्यक्ष लामाका अनुसार उक्त खानीका मुख्य लगानीकर्ता दिनेश हुन् । उनले भने, खानीमा गृहमन्त्री रामबहदुर थापाका भाइ नरेश थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको लगानी छ ।
दुई बर्षअघिदेखि सञ्चालित उक्त बालुवाखानी कम्पनी रिजस्टारको काार्यालयमा पनि दर्ता छैन ।
खानी भएका जिल्लामा जिल्लाको खानी तथा उद्योग अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा समिति गठन हुने प्रावधान छ ।
तर, ललितपुरमा ६ बर्षअघि गठित समिति निष्क्रिय छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छ ।
वालुवा तस्करीमा अवरोध नहोस् भनेर बर्षमा एक दिन भोज खुवाउने गरेको स्थानीयको भनाइ छ ।
उक्त खानी सँगैको बाटोमा ओहोर-दोहोर गर्ने व्यक्तिलाई निगरानी गर्न खानीको मुख्य प्रवेशद्धारमा दुई तीन जना खटाइएका हुन्छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा