गृहमन्त्रीकै आडमा यसरी हुन्छ तस्करी: कसले गर्ने कारबाही ?

जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ ।

 

badal_ahVCiUDwgI

उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाब फर्काएर अवैध रुपमा बालुवा तसकरी गरिरहेको हो ।

उनीहरुले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ छ ।

नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, 

-वडाध्यक्ष लामाले २० भन्दा बढी कामदार र टोले गुन्डाहरुको प्रयोग गरेर बालुवा तस्कर गर्दै आएका छन् ।  

-तस्करको कुरा माथिसम्म पुग्ला भनेर बाहीरी मान्छेलाई यहाँ प्रवेश गर्न दिँदैनन् । 

वडाध्यक्ष लामाका अनुसार उक्त खानीका मुख्य लगानीकर्ता दिनेश हुन् । उनले भने, खानीमा गृहमन्त्री रामबहदुर थापाका भाइ नरेश थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको लगानी छ ।

 

दुई बर्षअघिदेखि सञ्चालित उक्त बालुवाखानी कम्पनी रिजस्टारको काार्यालयमा पनि दर्ता छैन । 

खानी भएका जिल्लामा जिल्लाको खानी तथा उद्योग अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा समिति गठन हुने प्रावधान छ ।

तर, ललितपुरमा ६ बर्षअघि गठित समिति निष्क्रिय छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छ ।

वालुवा तस्करीमा अवरोध नहोस् भनेर बर्षमा एक दिन भोज खुवाउने गरेको स्थानीयको भनाइ छ ।

उक्त खानी सँगैको बाटोमा ओहोर-दोहोर गर्ने व्यक्तिलाई निगरानी गर्न खानीको मुख्य प्रवेशद्धारमा दुई तीन जना खटाइएका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने