काठमाडौं गोल्डेन्सको क्रिकेटमा विजयी सुरुवात

काठमाडौं गोल्डेन्सले सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टोली टिम चौराह धनगढीलाई ७ विकेटले हराउदै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको हो ।

1051682146dpl-2.धनगढीस्थित अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराहले दिएको १४६ रनको लक्ष्य काठमाडौं  गोल्डेन्सले १८ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । काठमाडौं  गोल्डेन्सको जितमा अमित श्रेष्ठले अविजित ८१ तथा नरेश बुढाएरले अविजित २४ रन जोडे ।  त्यस्तै भारतीय खेलाडी जयकिसन कोल्सावालाले १६ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले १० रन बनाए  । टिम चौराहका सम्सद शेखले २ तथा सुनील धमलाले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टिम चौराहले पुरै २० ओभरमा ६ विकेट गुमाएर १४५ रन जोडेको थियो । टिम चौराहको लागि सुनील धमलाले ६८ तथा शंकर रानाले ३६ रन जोडे । त्यस्तै कप्तान सोमपाल कामी सुन्य रनमा आउट हुँदा राजु रिजालले अविजित ११ र भारतीय खेलाडी पुनित मेहेराले ९ रन बनाए ।  काठमाडौं गोल्डेन्सका शाहब आलमले ह्याट्रिक विकेट लिए । आलम डीपीएलको दोस्रो संस्करणमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी समेत बने ।

यो जितसँगै काठमाडौं गोल्डेन्सले लिगमा २ अंक जोडेको छ । अब काठमाडौं गोल्डेन्सले दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्ससँग खेल्ने छ । प्रतियोगिता अन्तर्गत दोस्रो आइतबार दुई खेल हुने छ । आइतबार सिवाईसी अत्तरिया र रुपन्देही च्यालेन्जर्स तथा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुनेछ ।

आगामी चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।

डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति