कम्युनिस्ट नेतृत्वको चिनीयाँ मोडलः चीनमा हटेपछि नेपालमा पनि रहेन

नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर  र कार्यकालको समयसीमा हटाउने भएका छन् ।

oli-prachanda_jy8vvaJY2X

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको विधानको मस्यौदामा सक्रिय राजीनतिको उमेर ७० बर्ष र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था थियो । 

तर अहिले यी दुवै विषय हटाइएको छ (चीनमा पनि हालै कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था हटाइएको छ) 

पार्टी राजनीतिमा नयाँ मानिसको प्रवेश कम र नेतृत्वको सहज बहिर्गमन नभएका कारण एमाले र माओवादी दुवैको संगठन मादलजस्तो बनेको टिप्पणी हुँदै आएको छ ।

एमालेले आठौं महाधिवेशनबाट कार्यकारी पदमा दुई कार्यकाल र नवौं महाधिवेशनबाट ७० बर्ष उमेरहदको विषयलाई लागू गरेको थियो । 

सत्तरी बर्षको व्यवस्था तीन बर्षभन्दा बढी टिक्न सकेन । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा मुख्य खबर छ ।

संसारभरका कम्युनिस्ट पार्टीमा मूल नेतृत्वले आजीवन पद नछाड्ने परम्परा छ । नेपालमा कम्युनिस्ट पार्टीले पनि यो परम्परालाई निरन्तरता दिएका छन् ।

वैशाख पहिलो साता ८४ लाग्ने नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह २०३१ देखि निरन्तर नेतृत्वमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०४६ देखि नेतृत्वमा छन् ।

एमाले नेतृत्व पहिलो पुस्तामा केन्द्रित छ । झापा विद्रोह, केन्द्रीय कोअर्डिनेसन केन्द्र, नेकपा माले, नेकपा एमालेसम्म आइपुग्दा पाँच जना नेताले नेतृत्व गरेका छन् ।

झलनाथ खनाल, सिपी मैनाली, मदन भण्डारी, माधव कुमार नेपाल हुँदै अहिले एमाले नेतृत्व केपी शर्मा ओलीमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने