नेपाल वायुसेवा निगमले चिनीयाँ जहाज वाई १२ इ उडानको लागि ३ चिनीयाँ क्याप्टेन ल्याउने भएको छ ।

हाल निगमसँग ४ थान जहाजका लागि दुई जना मात्रै क्याप्टेन रहेका थिए । जसमा एकजना भने अझै बिरामी छन् । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
निगमले नेपाली क्याप्टेनभन्दा १ हजार अमेरिकी डलर बढी तिरेर चिनीयाँ क्याप्टेन ल्याउन लागेको हो ।
निगमले एकजना चिनीयाँ क्याप्टेनको लागि ८ हजार अमेरिकी डलर मासिक तलब दिने गरी सहमति गरेको छ ।
समाचारमा लेखिएको छ, वाई १२ इ जहाज उडान गर्ने नेपाली क्याप्टेनले ७ हजार डलर पाउँदै आएका छन् ।
निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले ती चालकलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
विगतमा अंग्रेजी बोल्न नजान्ने पाइलट चिनीयाँ पक्षले उपलब्ध गराउँदा समस्या भोगेको निगमले यसपटक भने अंग्रेजी भाषा जानेका पाइलट ल्याउन लागेको कंसाकारले बताए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा