एमाले र माओवादी एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले ४२ पृष्ठको अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

बिहीबार अबेरसम्म शंखमूलस्थित एक अपार्टमेन्टमा बसेको कार्यदलको बैठकले अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । प्रतिवेदनलाई पार्टी एकता संयोजन समितिको बैठकमा बुझाइने एमाले नेता सुवास नेम्वाङले बताए ।
कार्यदलले एकता महाधिवेशनअघिसम्मका लागि मार्गदर्शक सिद्धान्त, एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, रणनीतिक लक्ष्यलगायत मूलभूत विषय टुंगो लगाएको छ । अन्तरिम मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद अपनाउने, जनताको बहुदलीय जनवाद तथा माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एकता महाधिवेशनबाट टुंगो लगाउने कार्यदलमा सहमति भएको छ ।
त्यस्तै, संविधानको प्रस्तावनाअनुसार समाजवादको आधार तयार गर्ने गरी राजनीतिक कार्यदिशा अपनाउने, जनआन्दोलन, जनक्रान्ति र जनयुद्धले गरेका परिवर्तनलाई प्राप्त उपलब्धिका रूपमा स्वीकार गर्ने पनि अन्तरिम राजनीतिक प्रतिवेदनमा सहमति भएको छ ।
कार्यदलमा एमाले नेता माधवकुमार नेपाल संयोजक छन् । त्यस्तै, सदस्यहरूमा एमालेबाट भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेल र फम्फा भुसाल छन् । अन्तरिम राजनीतिक प्रतिवेदनमा पृष्ठभूमि, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा, अबको कार्यभार र कार्यदिशा, समाजवादसम्म पुग्ने बाटोलगायत विषय समेटिएका छन् । प्रतिवेदनमा जनताको बहुदलीय जनवादका विशेषता उल्लेख गरिएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा