अमेरिका र रुसमध्ये कस्को सेना बढि शक्तिशाली ?

रुस र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा पछिल्लो समय धेरै सुधार आइसकेको बताइएपनि अहिले बेलायतको समर्थन गर्दै अमेरिकाले रुस विरुद्धको कारबाही अघि अगाडि बढाएको छ । पूर्व गुप्तचरमाथि रासायनिक हमला गरेको आरोपमा ट्रम्पले ६० जना रुसी अधिकारीलाई देशनिकाला गरिसकेका छन् । ट्रम्पले पुटिनसँग नजिकी सम्बन्ध रहेको दाबी गरिरहेपनि अमेरिका र रुसको सम्बन्धमा लगातार यस प्रकारका अवरोध आइरहने गरेका छन् । अर्कोतर्फ रासायनिक हतियारको मुद्दामा पनि दुवैले शक्ति प्रदर्शन गर्दै एकअर्कालाई कडा प्रतिउत्तर दिने गरेका छन् । तर वास्तवमै सैन्य क्षेत्रको मुद्दामा चाहिँ कुन देश अगाडि छ त ?

1632064184_100586256_gettyimages-925781208

द स्टकहोम इन्टरनेस्नल पिस रिसर्चको सर्वेक्षण अनुसार विश्वमा हेरक वर्ष सैन्य खर्चको क्रम १.२ प्रतिशतले वृद्धि भइरहेको छ । विश्वभरबाट अमेरिका एक्लैले मात्र सेना र हतियारमा ४३ प्रतिशत खर्च गर्ने गरेको छ । अमेरिकापछिको स्थानमा भने राष्ट्रिय सुरक्षा परिषद्का चार स्थायी सदस्य रहेका छन् । दोस्रो स्थानमा रहेको चीनले जम्मा ७ प्रतिशत र यसपछि बेलायत, फ्रान्स र रुस चार प्रतिसतका वरिपरि रहेका छन् । यसरी सेना वृद्धि र हतियार निर्माण कार्यमा अमेरिकासँग अन्य कुनै देशले तुलना गर्न सक्दैन । तर यी राष्ट्रहरुबीच यति धेरै भिन्नता हुनु पछाडिको कारण भने अन्तराष्ट्रिय मिसनमा अमेरिकी सेनाको अधिक सहभागीतालाई मानिएको छ । किनकी विश्वका धेरै मुलुकमा अमेरिकी सैन्य क्षेत्र स्थापित छन् । तर बाँकी देशहरुले भने आफ्ना सेनालाई क्षेत्रीय अभियानसम्म मात्र सिमित राख्ने गरेका छन् । 

तरपनि सैन्य खर्चको सर्वेक्षणमा चौथो स्थानमा रहेको रुससँग अमेरिकाले धेरै खतरा महसुुस गर्ने गरेको बताउँछ । गत वर्ष अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिकालाई मुख्य रुपमा रुससँग खतरा रहेकाले तयार रहनुपर्ने भन्दै सावधान गराएका थिए । वास्तवमा रुसले आफ्नो सैन्य खर्चबारे पूरा जानकारी सार्वजानिक नगर्ने विशेषज्ञहरुको भनाइ छ । इटलीको एक पत्रिकासँग दिएको अन्र्तवार्तामा पुटिनले विश्वलाई आफ्ना सेना र शक्तिबारे थाहा नभएको संकेत गरेका थिए । यसअघि रुसले सिरिया लगायत अन्य राष्ट्रहरुमा गोप्य सेना पठाउने गरेको खुलासा पनि भएको थियो । 

रुसले २००९ देखिसेना आधुनिकीकरणको कार्य सुरु गरेको थियो । तर रुससँग सार्वजानिक तथ्याङ्क भन्दा धेरै सेना भएपनि अझै त्यसको तुलना अमेरिकासँग गर्न मिल्दैन । यसका साथै सैन्य ताकतको अर्को आधार, आर्थिक सम्पन्नताको विषयमा समेत रुस अमेरिका भन्दा धेरै पछाडि रहेको छ । 

तरपनि रुससँग विश्वका सबैभन्दा विशाल र अत्यन्तै शक्तिशाली परमाणु हतियारहरु रहेको बताइन्छ जसले अमेरिकालाई समेत नष्ट गर्न सक्ने क्षमता बोकेको छ । तरपनि पुटिनले अमेरिकामाथि पहिलो  हमला गर्ने जोखिम भने कहिल्यै नउठाउने विज्ञहरुको भनाइ छ । किनकी अन्त्यमा सो कदम आत्मघाती साबित हुनेछ भन्नेमा पुटिन समेत जानकार छन् । अर्कोतर्फ यी दुवै देशबीचको दुरी र सीमा क्षेत्र पनि धेरै अलग रहेकाले सिधा हमला गर्न निकै कठिन छ । त्यसैले दुवैलाई एकअर्कासँग प्रत्यक्ष खतरा नरहेको बताइन्छ ।

त्यसैगरी लडाकू विमानको मुद्दामा पनि अमेरिका भन्दा रुस धेरै पछि रहेको छ । तर अमेरिकी हवाइ कारबाहीको अभियानमा सर्बिया, इराक, अफगानिस्तान र लिबियामा रणनीतिक हसिाबले रुसकै अग्रता रहने विश्वविद्हरुको भनाइ छ । 

यसै महिनामा मात्र राष्ट्रपति पुटिनले रुसले विश्वको जुनसुकै स्थानमा पनि प्रहार गर्न सक्ने परमाणु मिसाइल तयार गरिसकेको दाबी गरेका थिए । सो मिसाइललाई रोक्न असम्भव रहेको बताउँदै उनले राष्ट्रिय टिभीमा अमेरिकाको फ्लोरिडामा आक्रमण गरेको एनिमेटेड भिडियो समेत देखाएका थिए । यसका साथै उनले विशेष किसिमको ड्रोनलाई पनडुब्बीको माध्यमले प्रहार गरि परमाणु हमला गर्न मिल्ने पनि उल्लेख गरेका थिए । युरोप र एसियामा स्थित अमेरिकी प्रतिरक्षात्मक प्रणालीले समेत सो मिसाइललाई रोक्न नसक्ने पुटिनको दाबी छ । तरपनि पुटिनको आक्रामक राष्ट्रवाद अहिले नै युद्धसम्म नपुग्ने बताइन्छ । उता राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि अझ धेरै परमाणु हतियार निर्माण गर्ने फैसला सार्वजानिक गराएका थिए जसको रुस र चीनले कडा आलोचना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत