ठूला आयोजना सम्बन्धमा उर्जा मन्त्रालय र लगानी बोर्डबीचको विवाद हटाउन उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्ने भएका छन् ।
उर्जा मन्त्रालयमा मंगलबार बोर्ड पदाधिकारीसँगको भेटमा मन्त्री पुनले सहजीकरणका लागि प्रधानमन्त्रीसँग परामर्श गर्ने बताएका हुन् ।
५ सय मेगावाटभन्दा ठूला आयोजना आफ्नो क्षेत्राधिकार भएको भन्दै बोर्डले त्यस्ता आयोजनासम्बन्धी फाइल माग्दै केही दिनअघि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्राचार गरेको थियो ।
बोर्ड र उर्जा मन्त्रालयबीच ठूला आयोजनासम्बन्धी विवाद रहँदै आएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।
फागुन २५ गते प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसको बोर्ड बैठकले ५ सय मेगावाटभन्दा ठूला जलविद्युत आयोजनामा बोर्डको क्षेत्राधिकार भएको निर्णय गरेको थियो ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा