काठमाडौँ, चैत १२ ।सरकारले विभिन्न ठाउँमा बलात्कारबाट पीडित भएकाहरुको उपचार खर्च ब्यहोर्ने भएको छ । यस्तै, निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएकाहरुको समेत उपचार गर्ने निर्णय गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय प्रशासनको मुचुल्का अनुसार र अस्पतालको बिल अनुसार बलात्कार पीडित तथा बम विस्फोटबाट घाइते भएकालाई उपचार सहयोग गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रंविधि राज्य मन्त्री गोकुल बास्कोटाले बताएअनुसार सरकारले घर बहाल दोहोरो कर नलाग्ने अर्थ मन्त्रालयको प्रस्ताव पारित गरिएको छ । अब घर बहाल कर स्थानीय तहले मात्र उठाउन पाउनेछ ।
यस्तै, रानी जमरा लम्की परियोजना सञ्चालन गर्न क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरिएको छ ।

सरकारले पुरानो व्यवस्था कायम राख्दै जिल्ला समन्वय समितिका प्रमुखलाई पनि कुटनीतिक राहदानी उपलब्ध गराउने तथा गाउँपालिकाका अध्यक्षलाई विशेष राहदानी उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैगरी बाराका अच्युत मैनालीलाई राज्यमन्त्रीको सुविधासहित प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र विशिष्ट श्रेणीको सेवा सुविधानसहित प्राध्यापक कुन्दन अर्याललाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको छ ।
१३ जना महासेनानीको २ वर्षका लागि म्याद थप भएको छ ।
बैठकले यही चैत १५ गते ४ बजे राष्ट्रपतिले संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरेको पनि सञ्चार राज्यमन्त्री बास्कोटाले जानकारी दिए ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा