March 26, 2018

अार्इपीएल खेल्न जानुअघि सन्दीपले भने– मेरो यो नयाँ अध्याय हो

 

 चैत १२
अार्इपीएल खेल्न जानुअघि सन्दीपले भने– मेरो यो नयाँ अध्याय हो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो लागि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सुरुदेखि अन्त्यसम्म अवसरै–अवसर रहेको बताएका छन् । आईपीएल खेल्न जानुअघि सन्दीपले काठमाडौंमा पत्रकार सम्मेलन गरी आईपीएल आफ्नो लागि नयाँ भएको भन्दै एकदमै उत्साहित रहेको बताए ।

सन्दीप लामिछाने मंगलबार आईपीएल खेल्न भारत जाँदैछन् । लेग स्पिनर सन्दीपले आफ्नो लागि नयाँ खेल भएको कारण आइपीएलबाट धेरै कुरा सिक्ने बताए । सन्दीपले भने “अहिलेसम्म मैले खेलेको भन्दा अलिक फरक छ । म एकदमै एक्साइटेड छु । मेरो लागि नयाँ प्रतियोगिता भएको हुँदा यहाँबाट धेरै कुरा सिक्नेछु र नेपाली क्रिकेट टिममा लागु गर्नेछु ।”
सन्दीपले दिल्ली डेयरडेभिल्सले आफूलाई ठूलो सहयोग गरेको बताए । सन्दीपले भने, “प्लेइङ इलाभेनमा पर्नु नपर्नु भन्दा पनि दिल्ली डियरडेभिल्सले जितोस् । यो प्रतियोगिता पनि जितौं हामीले । कप्तान र कोचले जे निर्णय गर्नु हुन्छ, त्यो मेरो लागि मान्य हुनेछ ।”

सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले गत महिना आईपीएल अक्सनबाट २० लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको थियो । यो सिजनको आईपीएल खेल्ने सन्दीप लामिछाने एसोसिएट राष्ट्रका एकमात्र खेलाडी हुन् ।

१७ वर्षीय सन्दीप नेपाली क्रिकेट इतिहासमा आईपीएल जस्तो ठूलो प्रतियोगिता खेल्ने पहिलो नेपाल खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।