March 25, 2018

काङ्ग्रेस हार्नुको कारण केन्द्रीय सदस्यहरुबाटै छताछुल्ल !!

 

नेतृत्वको कमजोरी, संगठनको निष्क्रियता र भ्रातृ संगठनको भूमिकाहीनता

काठमाडौँ, ११  चैत  : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना भएको छ । निर्वाचनको समीक्षा गर्न २०७४ चैत ९ गते शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचनमा पार्टीको पराजय नेतृत्वको कमजोरी, संगठनको निष्क्रियता र भ्रातृ संगठनको भूमिकाहीनता नै मुख्य जिम्मेवार रहेको आरोप लगाएका छन्  । 

उनीहरुले पार्टी नेतृत्वबाट प्रभावकारी भूमिका खेल्न नसकेकै कारण काँग्रेसले निर्वाचनको परिणाम सोचेअनुरुप हात पार्न नसकेको टिप्पणी गरेका छन्  ।बैठकमा सभापति देउवा पक्षधर नेताहरुले पार्टीभित्रका गुटउपगुट, असहयोगको प्रभाव र वाम गठबन्धनको असरले पार्टीलाई निर्वाचनको गणितीय परिणाममा धक्का लागे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समानुपातिक निर्वाचनको परिणामलाई विश्लेषण गर्दा अहिले नै आत्तिइहाल्नुपर्ने र नेतृत्वबारे नकारात्मक टिप्पणी गर्नुपर्ने स्थिति नरहेको धारणा व्यक्त गरे  ।

बैठकमा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी अहिले जुन अवस्थामा छ, यो बेला एकले अर्काप्रति आरोप प्रत्यारोप गर्नेभन्दा पनि कमीकमजोरीलाई सुधारेर अघि बढ्न आवश्यक रहेको दृष्टिकोणबाट सुझाव आएको जानकारी दिए  । अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको आन्तरिक अवस्था, टिकट वितरणमा विभेद र प्रचार रणनीतिमा कमजोरी तथा विपक्षको आरोपको खण्डन र प्रतिवाद उचित ढंगबाट हुन नसक्दा अहिले नेपाली काँग्रेस कमजोर जस्तो देखिन पुगेको धारणा बैठकमा अधिकांश सदस्यहरुले राखेको बताए  । उनीहरुले पार्टीलाई सबल र सुदृढ बनाउने सन्दर्भमा उठेका प्रश्नका बारेमा सभापति र महामन्त्रीले गम्भीर ढंगले आत्मसात् गरेर एकताबद्ध भई अघि बढ्नुपर्ने सुझाव दिएको उनले बताए । 

अर्का केन्द्रीय सदस्य वीरबहादुर बलायरले विगतमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई जुन परिस्थितिबाट गुज्रनुपर्ने अवस्था सिर्जना गरियो, त्यसैको नतिजाका कारण नेपाली काँग्रेसले अहिलेको अवस्था भोग्नुपरेको दृष्टिकोण प्रस्तुत गरेका थिए  । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत १० गतेको  बैठकमा केन्द्रीय सदस्यहरु हरिप्रसाद नेपाल, नरहरि आचार्य, नवीन्द्रराज जोशी, कल्याण गुरुङ, दिलेन्द्रप्रसाद बडूले आ–आफ्ना धारणा राखेका थिए  । समितिको अर्को बैठक चैत १२ गते सोमबार बिहान ९ बजे बस्नेछ । RSS

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।