March 21, 2018

दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त पक्राउ

 

  चैत ७, 

काठमाडौं – दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा केही दिनअघि भएको बलात्कारका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आरोपी कार्कीलाई पक्राउ गरेको हो । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

सो घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए ।

गत ७ माघमा काठमाडौंको होटल ल्यान्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवतीले उजुरी दिन दरबारमर्ग वृत्त पुगेकी थिइन् ।

तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो ।  सो घटनालाई ढाकछोप गरेको भन्दै प्रहरी निरीक्षक ठकुरी निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर