निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएको शपथको वैधानिकतामाथि प्रश्न उठिरहेको छ । यसबारे कानुन व्यवसायीको मत बाझिएको छ।
अधिवक्ता टीकाराम भट्टराई राष्ट्रपतिको शपथलाई वैध मान्न सकिने तर्क गर्छन् । ‘बहालवाला भएकै अवस्थामा पराजुलीले राष्ट्रपतिलाई सपथ गराएका हुन्’, उनले भने, ‘त्यसैले यसमा बखेडा गर्नुहुँदैन।’ भट्राई भन्छन्, ‘पराजुलीले गत साउन २१ गते नै राजीनामा दिएको भए उनको ‘वेट’ जोगिने थियो।’
नेपाल बार एसोसिएसनका महासचिव खम्मबहादुर खाती पनि राष्ट्रपतिको शपथलाई अवैध भन्न नमिल्ने बताउँछन् । ‘पराजुलीले स्वेच्छिक रूपमा राजीनामा दिएको देखिन्छ’, उननले भने, ‘न्यायपरिषद् सचिवालयको पत्रलाई आधार मानेर होइन ।
पराजुलीले चैत १ गतेदेखि लागू हुनेगरी अवकाश लिएको तर्क गर्दै खातीले भने, ‘अवकाश लिनुभन्दा अघि खुवाएको शपथलाई असंवैधानिक भनेर विवाद गर्नु नै बेकार छ।’
यसबारे अधिवक्ता उषा मल्ल ठकुरी भने भिन्न मत राख्छिन्। न्याय परिषद्का सचिवले अभिलेख राख्न पाउने अधिकारको प्रयोग गर्नु स्वाभाविक भएको उनको तर्क छ।
‘तर’, उनी भन्छिन्, ‘पत्र नपाउँदै राष्ट्रपतिलाई शपथ खुवाएकाले अवैधानिक भन्न मिल्दैन।’ आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने