प्रशासक मदनदेव आचार्यद्वारा लिखित खिचडी नामक पुस्तक २०७४ चैत १ गते बिहीबार लेखनकुञ्जमा सार्वजनिक भएको छ ।प्रशासन , राजदवार, कोइराला परिवार, इन्दिरा गान्धी , अमेरिका, ब्यापार, महारानी एलिजाबेथ जापानी राजकुमार अकहितो, सिनेमा अस्पताल, अदालत, दूताबास र पराराष्ट्र सम्बन्धमा केन्द्रित भएर लेखिएको खिचडीको पत्रकारहरुको उपस्थितिमा लोकार्पण गरिएको हो ।

लेखक मदनदेव आचार्य , घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल, घोष्टराइटिङ नेपालका सम्पादक एवं वरिष्ठ पत्रकार टंक पन्तद्वारा सार्बजनिकीकरण गरिएको पुस्तकमा कोशी प्रोजेक्ट काण्ड, नेपाल भारत बोर्डर किचलो , मदभट्टीको भूमिसुधार, नोकरबाट मालिक भएको दिन, ब्यक्तिबादी प्रशासन पेशा अनुसारको बोली जस्ता ३ सय ३४ विषय समेटिएको छ ।
पुस्तकको एक पाना लेखिएको छ – क्युरियो डिस्प्ले गर्दै गर्दा इन्दिरा गान्धीको आ“खा बुद्धको त्यो खास मूर्तिमा प¥यो, रिसाउ“दै उनले भनिन् , यो किन ल्ययाएको ? कुनै पनि हिष्ट्रिमा बुद्धशक्ति (स्त्रीसंग ससर्ग) भएको भए बुद्ध, बुद्ध नै हुने थिएनन् यो कुनै एउटा मूर्तिकारको कलमको कल्पना मात्र हो तत्काल यो मूर्ति फिर्ता गरिदेउ ।सम्पादक टंक पन्तले पुस्तकमा समेटिएका विषयहरु राजनीतिक क्षेत्र र प्रशासन क्षेत्रका लागि निकै उपयोगी भएको उल्लेख गरेका छन ।
पुस्तकका बारेमा लेखन कुञ्जका अध्यक्ष भन्छन्–यो खिचडीमा धेरै कुरा पाकेका छन धेरै कुरा मिसिएका छन जताबाट जसरी खाएपनि खिचडीको स्वाद एकै भएजस्तै यो पुस्तकमा जहाँ पल्टाएपनि मदनदेबलाई पाउँछौं ।पुस्तक लोकार्पण कार्यक्रममा पत्रकारहरुले पुस्तकका बारेमा राखेका जिज्ञासाहरुको जबाफ लेखक आचार्यले दिएका थिए । घोष्टराइटिङ नेपालद्धारा प्रकाशित पुस्तक ३ सय ३४ पृष्ठको छ भने पुस्तकको मूल्य ३ सय ७५ रहेको छ ।
घोष्टराइटिङ नेपालले आहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिकलगायत हरेक क्षेत्रका डेढसय भन्दा बढी विशिष्ट ब्यक्तिहरुको पुस्तक लेखिरहेको छ । जसको बारेमा पुस्तक लेखिनुपर्छ वा जस्को पुस्तक बजारमा आउदा राष्ट्रको सम्पत्ति हुन सक्छ तर त्यस्ता ब्यक्तित्वहरु त्यस्ता ब्यक्तित्वहरुको पुस्तक लेखिदिने काम घोष्टराइटिङले गर्दै आएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा