विशाल मिलन केन्द्र दोस्रो स्थानमा उक्लियो

विशाल मिलन केन्द्रले क्विक्स बास्केटबल लिगमा जित दर्ता गरेको छ  । शुक्रबार भएको खेलमा विशालले बीएमसी साउथ साइडर्सलाई पराजित गरेको हो ।

898828494basketball

विशाल नगरको घरेलु कोर्टमा भएको खेलमा घरेलु टोलीले साउथ साइडर्सलाई ७० – ६१   अंकले पराजित गरेको हो । विशालको जितमा विकास गुरुङले ३२ अंक जोडे । यो जितसँगै विशाल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

विशालले १० खेलबाट  २४ अंक जोडेको छ । पराजित साउथ साइडर्सले १० खेलबाट ६ अंक जोडेको छ  । लिगको शीर्ष स्थानमा आर्मी यथावत छ । आर्मीले लिगमा ९ खेलमा ९ जितसहित २७ अंक जोडेको छ ।

प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिताको बिजेताले २ लाख प्राप्त गर्ने छन्। त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्र्वाधिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा