विशाल मिलन केन्द्रले क्विक्स बास्केटबल लिगमा जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा विशालले बीएमसी साउथ साइडर्सलाई पराजित गरेको हो ।
विशाल नगरको घरेलु कोर्टमा भएको खेलमा घरेलु टोलीले साउथ साइडर्सलाई ७० – ६१ अंकले पराजित गरेको हो । विशालको जितमा विकास गुरुङले ३२ अंक जोडे । यो जितसँगै विशाल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
विशालले १० खेलबाट २४ अंक जोडेको छ । पराजित साउथ साइडर्सले १० खेलबाट ६ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा आर्मी यथावत छ । आर्मीले लिगमा ९ खेलमा ९ जितसहित २७ अंक जोडेको छ ।
प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिताको बिजेताले २ लाख प्राप्त गर्ने छन्। त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्र्वाधिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्ने छन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने