March 15, 2018

नेपालको फराकिलो जित, एकदिवसीय मान्यताको नजिक

 
 
काठमाडौं, चैत १ । विश्वकप छनौट अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनी विरुद्ध फराकिलो जित हासिल गरेको छ । नेपालले पपुवान्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । यससंगै नेपाल एकदिवसीय मान्यताको एक स्टेप नजिक पुगेको छ ।

आजै जारी अर्को खेलमा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेमा यही जीत नेपाललाई एक दिवसीय मान्यताका लागि पर्याप्त हुनेछ । हङकङले जितेमा भने सातौं स्थानका लागि हुने प्लेअफमा उसलाई हराउनुपर्ने हुन्छ । नेदरल्याण्ड्सको हारमा नेपालको रेलिगेट हुने खतरा पनि जीवित रहनेछ ।

नेदरल्याण्ड्सले आईसीसी लिग च्याम्पियन्सिप जित्दै एकदिवसीय मान्यता पक्का गरिसकेकाले ऊ यो प्रतियोगितामा दशौं भए पनि रेलिगेट हुने छैन । त्यस्तो अवस्थामा सातौं हुने टीमले एक दिवसीय मान्यता पाउने छ भने आठौं हुने ‘डिभिजन टू’मा घटुवा हुनेछ ।

पीएनजीले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई लक्ष्यसम्म डोहोर्‍याउने क्रममा दीपेन्द्रसिंह ऐरीले ५०, आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान गरे । प्रारम्भिक जोडी भने आज पनि चलेन । अनिल शाह ९ तथा ज्ञानेन्द्र मल्ल १ रन जोडेर आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजी ११४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट लिए । बाँकी २ विकेट सोमपाल कामी र करण केसीको नाममा रह्यो ।

‘समूह बी’मा रहेको नेपाल चौथो हुँदै प्लेअफमा झरेको थियो भने पीएनजी अर्को समूहमा पाँचौं भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति