March 11, 2018

प्रधानमन्त्री विश्वासको मत लिंदै, दुई तिहाईको समर्थन निश्चित

 

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिंदैछन् । उनले दुईतिहाइभन्दा बढी मत पाउने निश्चित भएको छ ।

राष्ट्रिय मान्यता पाएका दलमध्ये नेपाली कांग्रेस मात्र प्रतिपक्षमा देखिएको छ । अन्य सबै दलले ओलीलाई मत दिने बताइसकेका छन् । राजनीतिक समीकरण अनुसार ओलीको पक्षमा २ सय ९ मत पर्ने देखिएको छ।

नेपाल मजदुर किसान पार्टीले पक्षमा मतदान गर्ने सम्भावना छ । तर, निर्णय भने गरिसकेको छैन।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६.३६ प्रतिशत हुनेछ । नयाँ शक्ति पार्टी पनि विपक्षमा नै उभिने भएको छ । तर सो दलका एकमात्र सांसद डा। बाबुराम भट्टराई विदेश भ्रमणबाट आइतबार साँझमात्रै स्वदेश फर्कंदै भएकाले उनी मतदानमा सहभागी हुने छैनन् ।


प्रतिनिधिसभाको आइतबार बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राखेपछि छलफल सहित पक्ष र विपक्षमा मतदान हुनेछ।

सरकारको पक्षमा उभिएका दल
एमाले १२१
माओवादी केन्द्र ५३
राष्ट्रिय जनता पार्टी १६
संघीय समाजवादी फोरम १६
राष्ट्रिय जनमोर्चा १
राष्ट्रिय प्रजातन्त्र पार्टी १
स्वतन्त्र (छक्कबहादुर लामा) १
जम्मा २०९
खुल्न बाँकी
नेपाल मजदुर किसान पार्टी १

विपक्षमा
कांग्रेस ६३
नयाँ शक्ति १

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा