March 8, 2018

विश्वकप छनोटमा नेपालको दोस्रो हार, कोएट्जरले स्कटल्याण्डलाई जिताए

 

 
 
 
 
 

Team-nepal-

 
 

२४ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।

नेपाली बलरहरुले एकपछि अर्को विकेट लिएपनि कोएट्जर लगातार क्रिजमा टिकिरहे । १३६ बलको सामना गरेका उनले सात चौका र ३ छक्का हानेका थिए ।नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१. ३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाए । उसको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले ।

नेपालका बसन्त रेग्मी र सोमपाल कामीले २-२ विकेट लिए भने ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नेपालको सुरुवात निकै खराब रहृयो । मात्र १४ रन जोड्दा ४ विकेट गुमाएको नेपालका कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै नेपाललाई सम्हाल्ने प्रयास गरे ।

आरिफ शेखसँग २५, सोमपाल कामीसँग ४२ र रोहितकुमार पौडेलसँग १९ रनको साझेदारी गरेका पारस सातौं विकेटका रुपमा आउट भए । उनले ६३ रन बनाए ।

बसन्त रेग्मीले २४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति